काठमाडौं– हायात रिजेन्सी होटल असार १६ गतेसम्मका लागि बन्द हुने भएको छ। होटलले आज एक सूचना प्रकाशन गर्दै चैत ९ गतेबाट बन्द भएको होटल असार १६ गतेसम्म लम्बिएको जनाएको हाे।
सरकारले लकडाउन बैशाख १५ गतेसम्मलाई तोकेको भए पनि कोरोना पूर्णरुपमा नियन्त्रणमा नआउँदा सम्म होटल नखुल्ने सूचनाका उल्लेख छ।
होटल बन्द भएको अवस्थामा श्रमिकलाई श्रम ऐन २०७४ को दफा ३९ बमोजिम आधा पारिश्रमिक उपलब्ध गराउने होटेलले जनाएको छ। साथै कर्मचारीलाई असार १६ गतेसम्म नै जगेडा राखेको समेत जनाइएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।