कैलाली- नेपालमा कोरोना संक्रमण भएर पनि निको हुनेकाे संख्या ४ पुगेको छ। पछिल्लाे पटक धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित २१ वर्षीय युवक निकाे भएर आइतबार डिस्चार्ज भएसँगै काेराेना निकाे हुनेकाे संख्या ४ पुगेकाे हाे।
पीसीआर टेस्टमा कोरोना संक्रमणकाे नतिजा नेगेटिभ आएपछि कैलालीकाे लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका युवा अस्पलातबाट डिस्चार्ज भएका हुन्। उनी १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन्।
दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएकाे सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए। भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।
यसअघि कोरोनाकाे संक्रमण देखिएका ३ जना निको भएर घर फर्किसकेका छन्। बाग्लुङ घर भएकी ६५ वर्षीया मिहला र काठमाडौंकी प्रसिद्धी श्रेष्ठ उपचारपछि शनिबार घर फर्किएका थिए।
यसअघि जनवरी २३ मा कोरोना संक्रमित देखिएका युवा पनि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।