काठमाडौं– कोरोना भाइरसकाे संक्रमण रोक्ने भन्दै भारतका एक युवाले आफ्नो जिब्रो काटेका छन्। भारतीय अंग्रेजी अखबारले मध्य प्रदेशबाट आएका २४ वर्षीय विवेक शर्माले कोरोनाकाे संक्रमण रोक्न बलीदानी भन्दै जिब्रो काटेका हुन्।
भारत–पाकिस्तान सीमाबाट १८ किलोमिटर दूरीमा रहेको बनासकान्ठा जिल्लाको नादेश्वरीमा यो घटना भएको हो।
मध्य प्रदेशको मोनेरा जिल्लाबाट आएका उनले अन्य ८ जना साथीसँगै ढुंगा कुदेर मूर्ति बनाउने काम गर्थे। उनले त्यहाँ दुई महिनादेखि आफ्ना दाइसँगै काम गरिरहेका छन्।
उनका सहकर्मी बृजेश सिंहले प्रहरीसँग विवेक कालीको भक्त रहेको र देवताको नाम लिँदै गाउने गरेको बताएका छन्।
बजार जाने भन्दै शनिबार बिहानै निस्किएका उनी अवेरसम्म पनि नफर्किएपछि दाइले विवेकको मोबाइलमा फोन गरेका थिए। उक्त फोन अरुले नै उठाएर उनले नन्देश्वरी मन्दिरमा जिब्रो काटेको बताएका थिए।
नन्देश्वरी माता खुसी हुने र कोरोना भाइरस रोकिने भन्दै आफूले जिब्रो काटेको बयान उनले प्रहरी सामू दिएका छन्। काटेको जिब्रो हातमा राखेर उनी बेहोस भएर लडेका थिए। उनलाई अस्पताल भर्ना गरिएको र जिब्रो पुनः जोड्ने प्रयासमा चिकित्सक लागेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।