• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोरोनाबारे राप्रपाले दियो सरकारलाई १२ बुँदे सुझाव (पूर्णविवरणसहित)

64x64
नेपाल लाइभ आइतबार, वैशाख ७, २०७७  १३:१३
1140x725
फाइल तस्बिर

काठमाडौं–सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन घोषणाबाहेक अरु प्रभावकारी काम  गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई १२ बुँदे सुझाव दिएको छ। राप्रपाका अध्यक्षत्रय पशुपतिशमसेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी उक्त सुझाव दिएका हुन्। 

राप्रपाले बल नभई सहीसूचना प्रवाह गरी अभिभावकीय भूमिका निर्वाह गर्न, संकटको घडीमा अनियमितता, भ्रष्टाचार तथा कालोबजारी गर्नेलाई अबिलम्ब कारबाही गर्न र विदेशमा रहेका नेपालीलाई संक्रमणबाट जोगाउन सरकारलाई आग्रह गरेको छ। 

यस्तै, जागिरबाट निकालिएका, सम्बन्धित सरकार र रोजगारदाताले  जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भए पनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न रप््रपाले आग्रह गरेको छ। 

कोरोना भाईरसको विश्वव्यापी महामारीबाट वैदेशिक रोजगारीको क्षेत्रमा पर्न नकारात्मक प्रभाव न्यनूनीकरण गर्न अहिलेदेखि नै अल्पकालीन र मध्यमकालीन रोजगारी प्रबर्द्धनसम्बन्धी कार्यक्रम तयार गर्न र नेपाल–भारत सिमानासम्म आईपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्तबाहेक  भारत र चीनसँगको समा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आफू बसेको ठाउँमा काम नपाएर, खाने बस्ने सुविधा नभएर तथा परिवारको जिम्मेवारी बोध गरेर सयौं किमि हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई सर्वोच्च अदालतको आदेशअनुरुप प्रदेश तथा स्थानीय सरकारको सहयोगमा गन्तव्य सम्म पु¥याउन राप्रपाले सरकारसँग आग्रह गरेको छ।

कोरोना भाईरसको महामारीको परिणामस्वरुप नेपालको कृषि क्षेत्र पनि प्रभावित भएको अवस्थामा पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसायलगायत कृषिसम्बन्धी अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालीन र दीर्घकालीन राहत प्याकेज कार्यान्वयन गर्न राप्रपाले सरकारसँग माग गरेको छ।

राप्रपाको वक्तव्यको पूर्णविवरण

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मिति : २०७७ बैशाख ७ गते

प्रेस वक्तव्य

कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण गर्ने सन्दर्भमा करिब एक महिनादेखि देश बन्दाबन्दीको अवस्थामा रहेको छ । कोरोना प्रकोप नियन्त्रणगर्न बन्दावन्दी आवश्यक र प्रभावकारी उपाय हो । केही अपवाद बाहेक जतिसुकै कष्ट सहनु परेपनि आमजनताले हालसम्म सरकारको निर्णयलाई पालना गर्दै आएका छन् । तर, लकडाउन घोषणा गर्ने बाहेक अन्य कतिपय क्षेत्रमा सरकारको कार्य प्रभावकारी हुन सकेको छैन । सरकारी काममा समन्वय र चेन अफ कमाण्ड अत्यन्त कमजोर रहेको छ । यसै सन्दर्भमा देहायका विषयमा राप्रपा नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ः

१) लकडाउन लगायतका सरकारी निर्णयहरु कार्यान्वयन गर्ने क्रममा सरकारी संयन्त्र सहिष्णु र संवेदनशील रहनु जरुरी छ । महामारीको अग्रिम पक्तिमा रहेर कामगर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारण माथि ज्यादती भएको देखिएको छ । यस्ता कार्य दोहोरिन नदिन राप्रपा सरकारसंग आग्रह गर्दछ । यो बेला बल प्रयोग होइन सरकारले सहि सूचनाको प्रवाह र अभिभावकिय भूमिका  निर्वाह गर्नु पर्छ ।

२) महामारी फैलिएको महिनौं भैसक्दा पनि स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति हुन नसक्नुले सरकारको कार्यशैली प्रभावकारी नरहेको स्पष्ट हुन्छ । यसर्तफ सरकारले तत्काल ध्यान देओस् भन्ने राप्रपा आग्रह गर्दछ । यस्तो संकटको घडीमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भएपनि अबिलम्ब कार्वाही गरिनु पर्दछ र कारवाही गरेको स्पष्ट देखिनुपर्छ ।

३) नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको बैदेशिक रोजगार क्षेत्र अहिले गंभीर संकटमा परेको छ । बिश्वको विभिन्न मुलुकहरुमा कार्यरत नेपालीहरु अहिले एकातिर कोरोना भाईरसको जोखिममा रहेका छन् भने अर्कोतर्फ उनीहरुको रोजगारी समेत संकटमा परेको छ । यस वास्तविकतालाई दृष्टिगत गर्दै राप्रपा देहाय बमोजिमका बिषयहरुतर्फ नेपाल सरकारको ध्यान आकर्षित गर्दछ ः
क) बिभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ र सुरक्षा अवस्थावारे जानकारी लिने तथा कोरोना भाईरसको संक्रमणबाट जोगाउन आबश्यक पहल गर्ने,
ख) जागिरबाट निकालिएका, सम्बन्धित सरकार र रोजगारदाताले  जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भएपनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्ने,
ग) कोरोना भाईरसको बिश्वव्यापि महामारीबाट बैदेशिक रोजगारीको क्षेत्रमा लामो लमयसम्म नकरात्मक प्रभाव पार्ने निश्चित रहेको हुंदा त्यसबाट नेपालमा पर्ने प्रभावलाई न्युनिकरण गर्न अहिले देखि नै अल्पकालिन र मध्यमकालिन रोजगारी प्रबर्द्धन सम्बन्धि कार्यक्रम तयार गर्ने,
घ) बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्थावारे नियमितरुपले आमजनतालाई जानकारी गराउने

४) महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहंदै नेपाल–भारत सिमाना सम्म आईपुगेका नेपाली नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न राप्रपा सरकारसंग माग गर्दछ ।

५) कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक  भारत र चिनसंगको  सिमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तरराष्ट्रिय उडान बन्द गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्दछ ।

६) आफु बसेको ठाउंमा काम नपाएर, खाने बस्ने सुविधा नभएर तथा परिवारको जिम्मेवारी बोध गरेर सयौं किमि हिंड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई सर्वोच्च अदालतको आदेश अनुरुप प्रदेश तथा स्थानीय सरकारको सहयोगमा गन्तव्य सम्म र्पुयाउन राप्रपा सरकारसंग अनुरोध गर्दछ ।

७) कोरोना भाईरसको महामारीको परिणामस्वरुप नेपालको कृषी क्षेत्र पनि प्रभावित भएको छ । पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसाय लगायत कृषी सम्बन्धि अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकरात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालिन र दीर्घकालिन राहत प्याकेज कार्यान्वन गर्न राप्रपा सरकारसंग माग गर्दछ । भविष्यमा खाद्य संकट आउन नदिन आवश्यक तयारी गर्ने ।

८) कोरोना भाईरसको महामारीले बिश्व अर्थतन्त्रमा गंभीर मन्दि देखापर्न थालिसकेको छ । नेपाल जस्तो अल्पविकसित र बिकासोन्मुख राष्ट्रको आर्थिक स्थितिमा पर्ने प्रतिकुल प्रभावलाई न्युनिकरण गर्न प्रभावकारी आर्थिक नीति र योजनाको आवश्यकता पर्दछ । यसवारे पछि सोचौंला भन्ने मानसिकताबाट मुक्त भै अहिले नै उपयुक्त वित्तीय र मौद्रिक कार्ययोजना तयार गर्न राप्रपा सरकारसंग आग्रह गर्दछ। साथै, मजदुर, रोजगारदाता, उद्योग बाणिज्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई सहुलियत र  सुविधा उपलब्ध गराईनु पर्दछ । समयमा त्यसवारे ध्यान नदिने र पछि महामारीलाई दोष दिएर पन्छन मिल्दैन ।

९) कोरोना भाईरसको प्रकोपले बिश्वका सबै धनि र गरिब राष्ट्रहरुको अर्थतन्त्रमा गंभीर र नकरात्मक असर पारेको छ। त्यसमा पनि नेपाल जस्तो अल्पविकसित देशलाई झन ठूलो असर पारेको छ। यस परिप्रेक्षमा नेपाल सरकारले अन्तरराष्ट्रिय समुदाय र फोरमहरुमा निम्न बमोजिमका दुई प्रस्ताव पेश गर्न राप्रपा सुझाव दिन्छ ः
(क) अल्पविकसित र बिकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामि दुई बर्षसम्मको लागि  व्याज मिनाह गरिनु पर्दछ ।
(ख) नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नु पर्ने कुल ऋणको कम्तिमा ५० प्रतिशत मिनाह गरिनु पर्दछ ।

१०) बिश्व ईतिहासमा नै अत्यन्त त्रासदीपूर्ण रहेको यो महामारीलाई पराजित गर्ने मुख्य जिम्मेवारी सरकारको हो भन्नेमा कुनै विवाद छैन । यस सन्दर्भमा सरकारले चालेको र चाल्ने कदममा राप्रपाको सदैव सकारात्मक धारणा रहने छ । समस्याको संवेदनशीलता र गंभीरता दृष्टिगत गर्दै तथा विगतका परम्परा र अनुभवलाई समेत विचार गरि सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको  कार्यवारे सबैलाई जानकारी दिन सबैतहमा सर्वदलिय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ । केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुनेछ ।

११) वर्तमान संकटको घडिमा सामाजिक सांस्कृतिक सदभाव खलबलाएर निहित स्वार्थपुर्ति गर्न चाहने प्रवृत्ति देखापर्न सक्दछ। यो भाईरसको खतरा कुनै धर्म,जाती, समुदाय र देश बिरुद्ध केन्द्रित छैन । यो सम्पूर्ण मानव जाती माथी आईलागेको संकट हो । त्यसर्थ परस्पर सदभाव र एकता कायम राखि कोरोना भाईरसको संक्रमणलाई पराजित गर्न राप्रपा आमजनतामा आह्वान गर्दछ ।

१२) कोरोना भाईरसको महामारी नियन्त्रण गर्न तथा विपन्न वर्गलाई सहयोग गर्न राप्रपाका विभिन्न ईकाईहरुले हालसम्म गर्दै आएको कार्यको सराहना गर्दै यो कार्य निरन्तर जारी राख्न तथा सबै तहका सरकारले चालेका कार्यहरुमा सहयोग र्पुयाउन पार्टीका सबै निकाय र कार्यकर्ताहरुमा हामी आह्वान गर्दछौं ।


पशुपती शमसेर जबरा     डा.प्रकाशचन्द्र लोहनी कमल थापा
  अध्यक्ष   अध्यक्ष  अध्यक्ष

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १३:१३
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा
नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ?
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा
सम्बन्धित सामग्री
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे । आइतबार, कात्तिक २९, २०८३
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! प्रहरी हिरासतमा रहेका इनमको मोबाइल प्रहरी अनुसन्धानकै क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको घरमा लगिएको र इनमसँगको कन्भर्सेसन... आइतबार, कात्तिक २९, २०८३
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी सरकारले नागरिकको विश्वास गुमाउँदै गएको उनले बताए । आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा आइतबार, कात्तिक २९, २०८३
नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ? आइतबार, कात्तिक २९, २०८३
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा आइतबार, कात्तिक २९, २०८३
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! आइतबार, कात्तिक २९, २०८३
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्