• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना जितेकी प्रसिद्धीको अनुभव : कोभिड-१९ लाई घृणाको विषय बनाउनुपर्ने कारण छैन

प्रसिद्धी श्रेष्ठ आइतबार, वैशाख ७, २०७७  १४:४५
1140x725

काठमाडौं- मार्च १७‚ म र लामले आफ्नो घरसम्मको यात्रा कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरू गर्‍यौं। लामको फ्लाइटअघि सायद यही नै हाम्रो अन्तिम भेटघाट थियो। म पनि काठमाडौंस्थित आफ्नो घरमा फर्कँदै थिएँ। सायद हामीलाई कोरोना संक्रमित भएकै कारणले बदनाम हुनुथियो‚ अवगत नै नभइ आउन लागेको आँधीबारे।

केही दिनपछि जब म आफ्नो घर फर्किएर सेल्फ क्वारेन्टाइनमा बसिरहेकी थिएँ‚ त्यहीबेला लामलाई कोरोना भाइरस पोजेटिभ देखिएको थाहा भयो। यो नै मलगायत मेरा साथीका लागि परीक्षाको घडी थियो। कसैलाई पूर्णरूपमा जानेबिना उसको बारेमा तथानाम लेखेर उडाइएका मिम्स‚ फेयरवेललगायतका भित्तामा झुन्डिने अक्षर आज आफ्नै लागि वास्तविकता बनेर उभिदियो। लामलाई कोरोना पोजेटिभ देखिएको २ दिनपछि मलाई पनि कोरोना पोजेटिभ देखियो।

मभन्दा अगाडि नेपालमा एक विद्यार्थी कोरोना संक्रमित थिए‚ जो त्यसबेला निको भएर घर फर्किसकेका थिए। त्यसैले पनि विभिन्न पत्रपत्रिकाहरूमा नेपालको कोरोना भाइरससम्बन्धी शतप्रतिशत 'रिकभरी रेट' थियो। सबै नेपालीहरू नेपालमा अरू कोरोना संक्रमित नभएको भन्दै गर्व गरिरहेका थिए। सबै कोभिड-१९ को पछि लागिरहेका थिए। म देशकै दोस्रो कोरोना संक्रमित व्यक्ति थिएँ र त्यसबेलाको एकमात्र एक्टिभ केस। त्यसैले पनि होला कसैलाई पनि संक्रमितका लागि अपनाउनुपर्ने कुनै निश्चित मापदण्ड थाहा थिएन।

राति १० बजे‚ मेरो परिवारलाई मेरो परीक्षणको रिपोर्टबारे जानकारी गराइयो। मेरी दिदीले बारम्बार मलाई कोरोना पोजेटिभ देखिएको बताइरहनुभएको थियो‚ जसलाई मैले विश्वास नै गर्न सकिरहेकी थिइनँ। त्यो दिनसम्म मलाई कोरोनाका कुनै पनि लक्षणहरू देखिएका थिएनन्। रिपोर्ट सार्वजनिक भएपछि ‘न मबाट मसँगै फ्लाइटमा आउका यात्रु अथवा मेरै परिवारमा पनि सर्‍यो कि?’ भन्ने चिन्ताले सताइरह्यो। 

यिनै सोचहरू चलिरहँदा सरकारी अस्पतालको आइसोलेसनमा राख्नका लागि मलाई लिन एम्बुलेन्स आइपुग्यो। म अस्पताल भर्ना भएकै रातबाट मलाई कोरोनाका विभिन्न लक्षणहरू देखिन थाले। म मार्च २२ मा अस्पताल भर्ना भएकी थिएँ। मलाई त्यो रात सहन नसक्नेगरी पेट दुख्यो‚ जसले गर्दा म रातभर सुत्न सकिनँ। त्योसँगै मलाई श्वास प्रश्वासमा पनि केही समस्या देखिन थाल्यो। जब हामी आफ्नो श्वासमा ध्यान दिइरहँदा आफैंलाई थाहा हुन्छ कि श्वासको गति प्रतिक्षण बिग्रँदै गइरहेको छ र  पुरा श्वास लिन पाइरहेको छैन भने कस्तो हुन्छ? मलाई पनि धेरै दिनसम्म त्यस्तै भइरह्यो। लामो श्वास लिन सकिरहकी थिइनँ।

संघर्ष गरेर बेडबाट उठ्नैपर्ने हुन्थ्यो‚ कर गरेर अलिकति भए पनि खाना खानुपर्थ्यो‚ अनिदोले झन् सताइरहेको थियो। म अहिले पनि सम्झिरहेकी छु- जब मैले गन्धको ज्ञान नहुनु पनि कोभिड-१९ कै एक लक्षण हो भन्नेबारे कतै पढें‚ मैले साबुनको एकपट्टीको भाग सुँघ्ने कोशिस गरें। अचम्म! मैले केही थाहा पाइनँ। लक्षणहरू दिनप्रतिदिन बढ्दै जाँदा ममा सुक्खा खोकी पनि देखिन थाल्यो‚ तर त्यसबेलासम्म मलाई ज्वरो आएको थिएन। मेरा लक्षणहरू गम्भीर प्रकृतिका बिरामीको जस्ता थिएनन्‚ सामान्य नै थिए। मभन्दा गम्भीर प्रकृतिका बिरामी‚ जसले कोरोना भाइरसको सामना गरिरहका छन्‚ उनीहरू सम्झेर अझै पनि मेरो मुटु काँप्छ।

यी सबैको बीचमा मिडियाले धेरै ठूलो भूमिका खेलेको छ। मलाई थाहा थियो कि मैले अब हुने सबै परिणामलाई भोग्नुपर्ने हुन्छ किनकी ‘फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती’लाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। काठमाडौं सानो छ। त्यसैले पनि यहाँ जसले मलाई चिनेका छन् उनीहरूले सजिलै अड्कल काट्न सक्थे कि म नै त्यो फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती हुँ‚ जसलाई भरखरै कोरोना भाइरस पोजेटिभ देखिएको छ। विभिन्न मिडियाले मेरो नाम त लिएनन् तर मेरा बारेमा नामबाहेकका सबै विवरणसहित धमाधम विभिन्न आर्टिकलहरू लेख्न थाले।

कसैले लामलाई मेरो केटी साथी‚ जो पेरिसमा सँगै बस्ने गर्थे भनेर लेखे। कसैले मलाई पोजेटिभ देखिनुभन्दा अघि मैले मेरा धेरै आफन्तसँग भेटेको भनी लेखे। मेरो बुबा ममी डाक्टरसँग लगातार सम्पर्कमा रहनुभएको थियो। मलाई मेरोबारेमा लेखिएको एउटा आर्टिकलले साह्रै नै चित्त दुखाएको छ‚ न्यूयोर्क टाइम्सको नेपालको लागि पार्टनर ‘द रिपब्लिका’का प्रधानसम्पादकले मलाई ‘सुपर-स्प्रेडर’को रुपमा चित्रित गरिदिए। उनीहरूलाई मेरोबारेमा केही पनि थाहा थिएन‚ मैले भाइरसको संक्रमण फैलाएको भन्नेबारेमा उनीहरूसँग कुनै तथ्य/प्रमाण पनि थिएन। तर धेरै मानिसको नजरमा म ‘एक सुपर-स्प्रेडर’ भइसकेको थिएँ।

Ncell 2
Ncell 2
nimb
nimb

२३ मार्चमा कसैले‚ कतै मेरोबारेमा स्टोरी लेखेको थियो। त्यो स्टोरीमा उनीहरूले मेरा जति पनि जीवनका फ्याक्ट्सहरू छन् ती सबै तोडमोड गरेर उनीहरूलाई सुहाउँदो बनाएका थिए। म एउटा वस्तु भएकी थिएँ‚ त्यो वस्तु जसले आफ्नै देशमा कोरोना भाइरस फैलाइरहेको छ। सामाजिक सञ्जालहरू यिनै कुराले भरिएका थिए।

मानिसहरू मलाई विभिन्न आरोप लगाइरहेका थिए‚ कोही घृणाको रुपले हेरिरहेका थिए त कसैले मृत्युको डरसमेत देखाइरहेका थिए। मसँग म सेल्फ क्वारेन्टाइनमा बसेको प्रमाण थियो। र मसँग म नेपाल आएदेखि कति होस पुर्‍याएर सेल्फ क्वारेन्टाइनमा बसिरहेकी थिएँ भन्ने पनि प्रमाण थियो।

मेरा आफ्नै सामाजिक सञ्जालबाट जोडिएका मानिसले पनि मेराबारेमा केही जानकारी नै नभई विभिन्न अफवाहहरू फैलाएको पाएँ। तर मसँग त्योबेला मेरो आफ्नै आवाज थिएन‚ दुनियाँलाई मेरो वास्तविकता सुनाउनका लागि। म बुझ्छु‚ यो उनीहरूलाई कसैले गलत जानकारी दिए‚ उनीहरूमा कुनै बिरामीलाई मानसिक रुपमा झन् घायल बनाउने कुनै उद्देश्य थिएन होला।

त्यो दिन‚ ममा लागेको संक्रमणलाई लिएर स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्‍यो र लकडाउनको समेत घोषणा गर्नुपर्‍यो। म बेडमा बसेर सोचिरहें- जबकी म आफ्नो रूमबाट बाहिरसम्म निस्किएकी छैन भने मेरो कारणले गर्दा किन पुरै देश लकडाउन गर्नुपर्‍यो? हो‚ देशले लकडाउनमा जाने निर्णय गर्नुमा म पनि केही कारणले उत्तरदायी छु। तर वास्तविकता भने मेरैमात्र कारणले देशमा लकडाउन गरिएको जस्तो देखिन आयो।

यी सबैको बीचमा पनि मलाई सधैं हौसला प्रदान गरेर उपचारमा संलग्न हुने सबै नर्सहरूप्रति म सधैं आभारी नै रहनेछु। मार्च २४ मा ड्युटीमा रहेकी एक नर्सले उनका एकजना फेसबुकका साथीले मेरो सफल उपचारका लागि गाउँमा सबैसँग मिलेर प्रार्थना गरेको सुनाइन्। र‚ ती नर्स म भर्ना भएको अस्पतालमा काम गर्छिन् भन्ने थाहा पाएपछि उनले उक्त कुरा मलाई सुनाइदिनू भनेका रहेछन्। यस्तै कुराहरूले मेरो आत्मविश्वास अझै दृढ भइरहेको थियो। त्यहाँ कार्यरत नर्सहरूले प्रत्येक पटक मेरो स्वास्थ्यको बारेमा सोधिरहे। मेरो उपचारमा खटिएका डाक्टरहरुले पनि मप्रति धेरै नै सहानुभुति दर्शाउनुभयो। हरेकपटक ‘सबै ठिक हुन्छ’ भनेर मलाई झन् बल दिइरहनुभयो।

मेरो अवस्था बुझेर मलाई यो स्थितिमा ल्याइपुर्‍याउनु भएकोमा तपाईं सबैमा धन्यवाद। अहिले म पूर्णरुपमा निको भइसकेकी छु। ममा अब कुनै पनि लक्षणहरू छैनन्। कोरोनाको रिपोर्ट पनि नेगेटिभ आएको छ। मसँगै फ्लाइटमा आएका कुनै पनि व्यक्तिमा कोरोना संक्रमण रहेनछ। मेरा परिवारका सबै सदस्यहरूमा पनि कोरोना नेगेटिभ आएको छ। लाम पनि अहिले पूर्णरुपमा निको भइसकेका छन्।

मलाई अझै पनि डर लागिरहेको छ कि अझै धेरै कुराहरू छन्‚ जो प्रत्यक्षरुपमा यो आर्टिकलमा भन्न छुटेका छन्। मलाई जुन किसिमले डाक्टर‚ नर्सहरूले सौहार्दपूर्ण वातावारणका साथ उपचार गर्नुभयो र औषधीहरू चलाइयो त्यसबाट पनि अस्पतालमा पर्याप्त तयारी छ भन्ने कुरा सजिलै भन्न सकिन्छ। मैले कहिले पनि सेल्फ क्वारेन्टाइनमा रहँदा कसरी आफूलाई राखें भनेर भन्न पाएकी थिइनँ। म अब यी सबै कुरालाई खुलेर भन्न सक्ने भएकी छु। र भविष्यमा पनि यसका बारेमा लेखी नै रहनेछु।

अन्तिममा‚ मेरो परिवार‚ नर्स‚ डाक्टर‚ साथीहरूको सहयोगमा आज मेरो मानसिक तथा शारीरिक स्वास्थ्यावस्था ठिक छ। मेरो अवस्थालाई गम्भीररूपमा लिएर मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति म हृदयतः आभारी छु। यससँगै मलाई एउटा कुराको महसुश भएको छ कि मानिस यस्ता किसिमका भाइरसले हाम्रो दिमागमा पार्ने असरको बारेमा हामी त्यति सचेत छैनौं। श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षणले मानिसको मानसिक स्वास्थ्यमा कति असर परिरहेको हुन्छ भन्ने मानिसले अड्कल काट्न पनि सक्दैन।

कोभिड-१९ लाई घृणाको विषय बनाउनुपर्ने कुनै कारण छैन‚ हामी सबैले यो भाइरस जो कोहीमा पनि सर्न सक्छ भन्ने बुझ्न जरूरी छ। कसैलाई मेरोजस्तै लक्षणहरू देखापरेको छ भने उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

‘ले ड्रागन दिसिनी’मा प्रकाशित प्रसिद्धी श्रेष्ठको ब्लगबाट अनुवाद गरिएको। उनी गत शनिबार कोरोना संक्रमणलाई जितेर घर फर्किएकी हुन्।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्