फाइल तस्बिर
काठमाडौं– लकडाउनमा पैदल हिंडेरै घर जान लागेका श्रमिकहरु दोस्राे दिन पनि थानकोटस्थित त्रिभुवन पार्कमा भरिएका छन्। लकडाउनको २७ औं दिनमा त्रिभुवन पार्कमा पुग्ने पैदल यात्रीको संख्या २५० बढी पुगिसकेको छ।
शनिबार जम्मा गरिएका मजदुरलाई गाडीमार्फत् जिल्ला-जिल्ला पुर्याएपछि थानकोट पुग्नेको संख्या बिहानै बढेको हाे। पैदल यात्रीहरु बिहान ४ बजे नै थानकोट पुग्न थालेपछि राेकिएकाे हाे। संख्या बढ्न थालेसँगै कलंकी, बल्खु र कीर्तिपुरका चोकमै पैदल यात्रीलाई रोकिएको हाे।
संख्या बढेपछि त्रिभुवन पार्कमा खाना र बस्नकाे व्यवस्थापन गर्न समस्या हुने भएकाले उनीलाई बीच बाटोबाटै फिर्ता गरिएको हाे। त्रिभुवन पार्कमै पैदल यात्रीको व्यवस्थापनमा खटिएका श्रीहरि थापाले भने, ‘घर जान पाइने भएपछि संख्या एकैदिन धेरै बढ्न थाल्यो। व्यवस्थापन गर्न कठिनाई हुने भएकाले अरुलाई फिर्ता गरिएको हो।’
शनिबार ३०० बढीलाई सरकारले जिल्ला जिल्ला पुठाएकाे थियाे। सत्तारुढ दल नेकपाकी नेतृ अञ्जना विशखेंले घर फर्केने पैदल यात्रीलाई त्रिभुवन पार्कमा राख्ने कार्यको व्यवस्थापन गरेकी छन्। नेकपा निकट युवा संघका कार्यकर्ताले खान र घर पठाउन सहयोगीको भूमिका निर्वाह गरेका छन्।
त्रिभुवन पार्कमा जम्मा भएकालाई आइतबारदेखि कसरी पठाउने सन्दर्भमा छलफल जारी रहेको व्यवस्थापक थापाले जानकारी गराए। त्रिभुवन पार्कमा पुगेकालाई आज पनि पठाउने सम्भावना रहेको उनले बताए।
घर फर्कनेहरु बढी श्रमिकहरु छन्। इट्टा भट्टामा कार्यरत मजदुरको संख्या सबैभन्दा बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।