काठमाडौं–गैह्रआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा १ हजार १ सय ३५ नेपाली कोरोना संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ।
संघले सार्वजनिक गरेको साप्ताहिक तथ्यांकअनुसार विभिन्न मुलुक पुगेका २८ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।
संघको कोभिड-१९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, युएईमा २ र आयरल्याण्डमा १ गरी २८ नेपालीको ज्यान गएको हो ।
कोरोना संक्रमित हुने नेपालीहरुमा अमेरिकामा सबैभन्दा बढी ७ सय, बेलायतमा २ सय, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगलमा २२, आयरल्याण्डमा २२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्वीट्जरल्याण्डमा ५, साउदी अरब, बेल्जियम र जर्मनीमा ४-४ जना, क्यानडा र मलेसियामा ३-३ जना, माल्टामा २, हङकङ, जापान, फ्रान्स र म्यानमारमा १-१ जना नेपाली कोरोना संक्रमित भएका छन् । आँकडामा पनि केही छुटपुट पाइएको छ।

केही समय अगाडि कतारमा २ नेपालीमा कोरोना संक्रमण भएको पुष्टिसहित त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए । दूतावासले कोरोना संक्रमित नेपालीहरु सामान्य अवस्थामा रहेका र त्यहाँका नागरिकसरह उपचार भइरहेको उल्लेख गरेको छ । तर संक्रमितको संख्या भने यकिन गरेको छैन । एनआरएनएले सार्वजनिक गरेको आँकडामा पनि कतारमा कति नेपाली कोरोना संक्रमित छन् भनेर खुलाइएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।