काठमाडौं–कोरोना भाइरस (कोभिड-१९)काे लक्षण देखिएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए)का कुल आचार्य आइसोलसेनमा गएका छन्।
फेसबुकमार्फत् जानकारी दिँदै आचार्यले आफूले अहिले स्वास्थ्य लाभ गरिरहेको बताएका छन्।
‘म आफैँ पनि केही लक्षण देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु,’ आचार्यले लेखेका छन्, ‘‘बाँचौं र बचाउँ, महामारीबाट जोगिउ’ भन्ने मूल मर्मअनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाललगायत विश्वभर सेवा गरिरहनु भएका नेपालीलगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु।’
प्रवासमा कयौं नेपाली अप्ठ्यारो अवस्थामा रहेको र एनआरएनएका स्थानीय प्रतिनिधिले सकेसम्मको सहयोगको पहल गरेको उनको भनाइ छ।
‘प्रवासबाट कैयौं दिदी बहिनी, दाजुभाइहरु खाडीमा एकै कोठामा कोचिएर जेलजस्तो जीवन बिताइरहेको, औषधि, खानाको संकट परेका खबर छन्,’ आचार्यले भनेका छन्, ‘स्थानीय प्रतिनिधिहरुले सहयोग गरिरहनु भएका खबर पनि आएका छन्। वहाँहरुको पहललाइ हार्दिक धन्यवाद दिन चाहन्छु ।’
विदेशमा रहेका अधिकांश नागरिकहरु घर फर्किन चाहेको भन्दै उनले विश्वका अन्य देशले जस्तै १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
‘आज घर फर्किन चाहने नागरिकलाई जसरी बिश्वले स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ त्यसरी नै नेपाल फर्काइ नेपालमा क्वारेन्टाइनकाे व्यवस्था गरेर १४ दिन पछि घर फर्काउने पहल गर्न सरकारसँग अनुरोध गर्दछु,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।