रोम- स्पेनिस महारथी बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बार्सिलोनालाई इटालियन क्लब एएस रोमाले अवे गोलमा पछि पार्दै सेमिफाइनमा स्थान बनायो।
क्वार्टरफाइनल समग्रमा ४-४ गोलमा सकिएपनि रोमाले बार्सिलोनालाई अवे गोलको आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो।
मंगलबार राति भएको दोस्रो लेगको खेलमा रोमाले बार्सिलोनलाई ३-० गोलले पराजित गर्यो। यसअघि रोमा पहिलो लेगमा बार्सिलोनाको घरेलु मैदानमा ४-१ गोलले पराजित भएको थियो। पहिलो लेगमा गरेको अवे गोलको फाइदा उठाउँदै रोमा अन्तिम चारमा पुगेको हो।

मंगलबार बार्सिलोना विरुद्ध रोमाका जेकोले छैटौं मिनेटमा सुरुवाती गोल गरे। डि रोसीले ५८ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पारेका थिए। डिफेन्डर कास्टोस मानोलासले हेडमार्फत गोल गर्दै रोमालाई रोमाञ्चक जित मात्र दिलाएनन् युरोपियन च्याम्पियन्स लिगको अन्तिमा चारमा पुर्याए। यता मानोलास गोलपछि भने बार्सिलोनाले पहिलो लेगमा गरेको ४ गोल काम लागेन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।