काठमाडौं–नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालयले ९५० विद्यार्थीलाई राहत वितरण गरेको छ।
कोरोना भाइरस रोकथामका लागि लकडाउन सुरु भएसँगै घर जान नपाएका विद्यार्थीहरुलाई राहत वितरण गरिएको संघले जनाएको छ। कीर्तिपुर क्षेत्रमा डेरा गरि बस्ने करिब ९५० भन्दा बढी विद्यार्थीलाई चामल, दाल नुन, तेल, आलु, प्याज लगायतका खाद्यान्न सामग्री वितरण गरिएको संघको त्रिवि विद्यार्थी नेतृ सम्झना केसीले जानकारी गराइन्।
यसअघि संघकै पहलमा त्रिवि छात्रावासमा ग्यास सिलिण्डर वितरण गरिएको केसीले बताइन्। प्रिन्सिपल कार्यालयको सहयोगमा ३५० विद्यार्थीलाई १४० बोरा चामल, १२ बोरा दाल, १८० लिटर तेल र ३४० केजी नुन वितरण गरिएको छ। सुदूरपश्चिमका ७० जना विपन्न विद्यार्थीलाई समेत दाताको सहयोगमा खाद्यान्न वितरण गरिएको केसीले जानकारी गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।