काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री ओलीले गएराति ट्वीट गर्दै दम र उच्च रक्तचापबाट पीडित भए पनि बेजोडको आत्मविश्वासका कारण पौडेलसँग कोरोनासमेत पराजित भएको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गरेका छन्। प्रधानमन्त्रीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो संक्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्किएकोमा पनि खुसी व्यक्त गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।