एजेन्सी–कोरोना महामारी प्रभावित मध्यपूर्वका मुलुकमध्ये टर्कीले इरानलाई समेत पछाडी पारेको छ। टर्कीका स्वास्थ्यमन्त्रीले संक्रमितको संख्या ८२ हजार ३ सय २९ जना पुगेको जनाएसँगै इरानलाई समेत पछाडी पारेको हो। इरानमा भने ८० हजार ८ सय ६८ जना संक्रमित छन्।
जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार टर्कीमा १८९० जनाको मृत्यु भएको छ। इरानमा ५ हजार ३१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।