एजेन्सी–कोरोना भाइरस फैलनबाट रोक्न घरमै बस्न दिइएको निर्देशनविरुद्ध अमेरिकाका विभिन्न राज्यमा सरकारविरोधी प्रदर्शन भएका छन्।
अनापोलिस, मेरिल्याण्ड, इण्डियानापोलिस, इण्डियाना र न्युह्याम्पशायरमा प्रदर्शन भएका हुन्।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्रै ७ लाख ३२ हजार १ सय ९७ जना संक्रमित भएका छन् भने ३८ हजार ६ सय ६४ जनाको मृत्यु भइसकेको छ। जसमध्ये सबैभन्दा बढी न्युयोर्कमा २ लाख ४१ हजार ७ सय १२ जना संक्रमित भएका छन्। त्यहाँ १७ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।