एजेन्सी-जापानका स्वास्थ्य विज्ञहरुले जापानमा अहिलेकै रफ्तारमा कोरोना भाइरस संक्रमण बढेमा देशको उपचार प्रणाली भत्कने चेतावनी दिएका छन्।
अहिलेकै गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढेमा स्वास्थ्य उपकरण र जनशक्ति दुवै अपुग भएर धान्न नसक्ने चेतावनी दिएको बिबिसीले जनाएको छ।
अहिले जापानमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार पुगेको छ। २ सय जनाको मृत्यु भइसकेको छ।
जापानको टोकियो अहिले सबैभन्दा प्रभावित क्षेत्र हो। स्वास्थ्य विज्ञहरूले कोरोना संक्रमण बढ्दा अन्य रोगका गम्भीर बिरामीले उपचार नपाउन सक्ने जोखिम समेत औंल्याएका छन्।
चीनमा कोरोना संक्रमण देखिएलगत्तै जापानमा समेत देखिए पनि आवश्यक पूर्व तयारी नै गरेन। स्वास्थ्यकर्मीहरुले उपचारमा संलग्न हुँदा चाहिने आवश्यक व्यक्तिगत सुरक्षा पोशाकसमेत नभएको बताइरहेका छन्।
अन्य देशमा संक्रमण तीव्र गतिमा फैलँदा पनि जापानले सामाजिक दुरी र चहलपहल रोक्ने निर्णय गरेको थिएन। संक्रमण बढेपछि मात्र आपतकाल घोषणा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।