एजेन्सी-भारतको पञ्जाबमा कोरोना भाइरस संक्रमणका कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ। उपचारका क्रममा लुधियानाका एसिपी अनील कोहलीको मृत्यु भएको हो।
अवस्था गम्भीर भएपछि उनलाई प्लाज्मा थेरापी दिने तयारी भएको थियो। तर थेरापी अगाडि नै उनको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।
केही दिन अगाडिको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी केही महिना अगाडिसम्म विदेशसमेत गएका थिएनन्।
शुक्रबार पञ्जाब सरकारले कोहलीको प्लाज्मा थेरापीको घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।