एजेन्सी- बेलायतमा कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना हुने दर घटेको छ।
संक्रमणबाट गम्भीर बिरामी भएर उपचार चाहिने अवस्थाका बिरामीको संख्या घटेको सीएनएनले जनाएको छ।
बेलायतको नेसनल मेडिसिनका अधिकारीले कोरोना संक्रमणको दरसमेत स्थिर हुन थालेको र केही समयमा परीक्षण पोजेटिभ देखिने क्रमसमेत घट्ने आशा व्यक्त गरेका छन्।
कोरोना संक्रमण फैलन नदिन अहिले पनि बेलायत लकडाउको अवस्थामा छ र नागरिकलाई समाजिक दुरी कायम गर्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।