एजेन्सी-अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या ३७ हजार नाघेको छ।
शनिवार मध्यरातसम्म ज्यान गुमाउनेको संख्या ३७ हजार तीन सय ९ पुगेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ। शनिबार सक्रमितको संख्या ७ लाख ११ हजार नाघिसकेको छ।
अमेरिका मात्र हैन विश्वका अन्य देशमा पनि कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या बढिरहेको छ।
शनिबारसम्म कोरोनाबाट एक लाख ५६ हजारको ज्यान गइसकेको छ। संक्रमित २२ लाख नाघिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।