कोरोना जितेकी ६५ वर्षीया महिला नमस्कार गर्दै।
काठमाडौं- नेपालमा कोरोना भइरसको संक्रमण देखिएका ३ जना निको भएर घर फर्किएका छन्। पछिल्लो पटक निको भएर घर फर्किएकी बाग्लुङको महिलाको उमेर ६५ वर्ष छ। नेपालमा पत्ता लागेकी पाँचौं युवती आएकै फ्लाइटमा बेल्जियमबाट आएकी उनी कोरोना जितेर घर फर्कीएसँगै निको हुनेको संख्या ३ पुगेको हो।
बाग्लुङको धौलागिरी अस्पतालमा उपचार गराएकी उनको दुई पटकसम्म गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएपछि घर फर्काइएको हो।
उनी चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी हुन्। नेपाल आए लगत्तै उनी बागलुङ पुगेकी थिइन्। घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी उनीसँगै आएकी युवतीमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गराइएको थियो।
नेपालमा देखिएका पहिलो र दोस्रो संक्रमितको पनि उपचार सफल भएर घर फर्किएका छन्। शनिबार नै काठमाडौंकी प्रसिद्धी श्रेष्ठ उपचारपछि घर फर्किएकी थिइन्। यसअघि जनवरी २३ मा कोरोना संक्रमित देखिएका युवा पनि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।