काठमाडौं- नेपाल आयल निगमले ग्यास उद्योग संचालनका लागि जारी गरेका ५० वटा अनुमतिपत्र खारेज गरेको छ।
निगमबाट ग्यास उद्योग निर्माण गरी संचालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने र अनुमतिपत्र खरिद बिक्री गर्ने ती उद्योगहरुको लाइसेन्स खारेज गरिएको हो। त्यस्तै उद्योग दर्ताका लागि ग्यास उद्योगमा निवेदन दिने र विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपछि सम्पर्कमा नआउने परिपाटीले निगमलाई एलपी ग्यास उद्योगको व्यवस्थापनमा समस्या देखिएको भन्दै निगमले लाइसेन्स खारेज गरिएको जनाएको छ।
निगमले गत पुस ८, १० र १३ गते सार्वजनिक सूचना जारी गर्दै नयाँ दर्ता हुन चाहने उद्योगहरुका लागि अनुमतिपत्र दिने जनाएको थियो। उक्त सूचनापछि ५३ वटा उद्योगमध्ये ३ वटा उद्योगहरु निर्माण सम्पन्न गरी पिडिओ प्राप्तिका लागि ३ वटा ग्यास उद्योगमात्रै निगमको सम्पर्कमा आएका छन्।
निगमका अनुसार सैपाल ग्यास उद्योग प्रालि कैलाली, सगरमाथा ग्यास इन्डस्ट्रिज प्राली नवलपरासी र सिता ग्यास उद्योग प्रालि धादिङलाई मात्रै पिडिओ जारी गरिएको हो। अरु उद्योगहरु भने अनुमतिपत्र लिएर पनि पिडिओ प्राप्तिका लागि निगमको सम्पर्कमा नआएको भन्दै खारेज गरिएको हो।
यी हुन् अनुमतिपत्र खारेज गरिएका ग्यास कम्पनी


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।