काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल गरेका छन्।
शनिवार ओली र प्रचण्डले बिहान ११ बजेदेखि साढे २ घण्टासम्म भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शनिबार ओली प्रचण्डको भेटघाटका बारेमा सोधपुछ गर्नेक्रममा अलपत्र मजदुरको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको प्रचण्टनिकट एक नेताले बताए।
शनिबारको बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण,राहत वितरण र अलपत्र परेका मजदुरका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयका एक सल्लाहकारले बताए।
‘अहिले पार्टीका अन्य विवादित विषयमा छलफल गर्ने कुरा भएन।’ ती सदस्यले भने, ‘लकडाउनपछि वर्तमान अवस्थामा देखिएका समस्याका विषयमा छलफल भयो भन्ने बुझेको छु।’ तर, बाहिर ओली प्रचण्डबीच लामो समयदेखि समझदारी भएकाले छलफलमा विवाद भएको हुन सक्ने आंकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।