म्यानचेस्टर- लिभरपुल १० वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा आफ्नै देशको म्यानचेस्टर सिटीलाई २-१ गोलले हराएसँगै लिभरपुल समग्रमा ५-१ गोलको नजितासँगै अन्तिम चारमा पुगेको हो।
मंगलबार लिभरपुलको जितमा मोमहद सलाहले ५६ र फिर्मिनोले ७७ मिनेटमा गोल गरेका थिए।
त्यसअघि सिटीका जेससले खेलको दोस्रो मिनेटमै गोल गरेपनि त्यसपछि कुनै गोल हुन नसक्दा सिटीको अन्तिम चारमा पुग्ने सपना अधुरै रह्यो।
पहिलो लेगमा सिटी ३-० गोलले पराजित भएको थियो। उक्त हार नै सिटीका लागि अन्तिम चारमा पुग्नका लागि महँगो साबित बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।