एजेन्सी- स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। शनिबार स्पेनमा कूल २० हजार ४३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसबाट अतिप्रभावित देशहरूमध्येको एक स्पेन पनि हो।
अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ७ सय २६ रहेको छ भने करीब ७५ हजार संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।