काठमाडौं- नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बेलुका ८ बजे गरेको अद्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको पगेको हो।
शनिबार मात्र १ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। उनको उमेर ६५ वर्ष भएको समेत मन्त्रालयले जनाएको छ। उनी विराटनगरका व्यक्ति भएको बताइएको छ।
उनको विस्तृत विवरण खुलाइएको छैन। यसअघि प्रदेश १ कै उदयपुर जिल्लामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
३१ जनामा संक्रमण देखिए पनि २ जना भने निको भइसकेका छन्। एक जना शनिबार डिस्चार्ज भएकी हुन् भने एक जना दुई महिना अघि नै डिस्चार्ज भइसकेका थिए।
शुक्रबार एकै पटक १४ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३० पुगेको थियो। आज १ जनामा देखिएपछि यो संख्या बढेर ३१ पुगेको हो।
मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ । हाल काठमाडौं उपत्यकामा ५ र बाहिर १ सय १२ गरी जम्मा १ सय १७ जना बिरामी आईसोलेसनमा छन् । मुलुकभर ४ हजार ५ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।