• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतको धार्चुलामै आमाको काजक्रिया गरिरहेका युवालाई तत्काल नेपाल ल्याउन कांग्रेसको माग

64x64
नेपाल लाइभ शनिबार, वैशाख ६, २०७७  १८:०९
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको धार्चलामा आमाको काजक्रिया गरेका युवालाई तत्काल उद्धार तथा परीक्षण गरी उनलाई आमाको काजक्रियामा सरिक हुन दिन सरकारलाई आह्वान गरेको छ। शनिबार बसेको पार्टीका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।  

'मातृशोकमा परेका युवालाई धार्चुलाबाट नेपाल ल्याई परीक्षणपश्चात् आमाको काममा सरिक हुन दिन र अन्य सबैलाई पनि क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन पुनः माग गरेको छ,' बैठकको निर्णय नम्बर १४ मा उल्लेख छ। 

महाकाली पारी धार्चुला आइपुगेका नागरिकलाई सरकारले प्रवेश नदिएको भन्दै बहस भइरहेको छ। सीमा नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगले प्रवेश दिने र क्वारेन्टाइनमा राख्ने कार्य अझैसम्म नगरिएकोमा कांग्रेसले दुःखसमेत व्यक्त गरेको छ। 

यी हुन् बैठकका निर्णयहरू
पाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बस्यो । बैठकमा भएको छलफल र निर्णय बारे जानकारी दिन यो वक्तव्य जारी गरिएको छ ।

पैदल गाउँ गइरहेका नागरिक र राहत बारे
(१) राजधानी लगायतका शहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किरहेका नागरिकलाई बीच बाटोमा पानी र खानाको ब्यवस्था गरिरहेका पार्टीका साथीहरू एवं स्थानीय तहको निर्वाचित नेतृत्वको सह्राना गर्दै बैठकले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई आग्रह गरेको छ । सरकारले ब्यवस्थापन गर्न ढिलाइ गरिरहँदा कहिँपनि कसैलाईपनि बाटोमा भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजीकरण गर्न नेपाली कांग्रेसका साथीहरूलाई बैठकले अपील गरेको छ ।

(२) केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र ब्यक्तिसम्म नपुगेको बिषयमा सरकारको ध्यानाकर्षण गराउने र तत्काल पुर्‍याउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

(३) सत्तारूढ दलको नेतृत्व रहेका कयौं स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण ब्यवहार भएको प्राप्त विवरण अध्ययन पश्चात् बैठकले राहत वितरण कार्य न्यायोचित, पारदर्शी र ब्यवस्थित बनाउन आग्रह गर्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको ब्यवस्था गर्न माग गरेको छ ।

(४) साना ठुला सबै ब्यवसायीहरुले ब्यहोरिरहेको प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनाहा देखि ब्याज घटाउने सम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तह समक्ष माग गर्ने निर्णय बैठकले गरेको छ ।

nimb
nimb

परिक्षण र स्वास्थोपचार बारे
(५) संक्रमितको संख्या बढ्दै गएको एवं लक डाउनको अघिल्लो साता नेपाल फर्केका दुई लाख बढी नागरिकको न्यून संख्या मात्रै क्वारेन्टाइनमा बसेको स्थिति दृष्टिगत गरेर परिक्षणलाई समुदाय स्तरमा पुर्‍याउन अत्यावश्यक बनेको ठहर बैठकले गरेको छ । अतः ‘घुम्ती परिक्षण शिविर’ मार्फत परिक्षणको दायरा र गति बढाउन बैठकले माग गरेको छ ।

(६) नियमित रुपले संचालित अस्पतालमा कोरोना परिक्षण र उपचार गरिंदा त्यसले संक्रमण ब्यापक फैलन भूमिका गरेको कतिपय देशको अनुभवबाट शिक्षा लिंदै ‘कोरोना उपचार केन्द्र’ को अलग ब्यवस्था गर्न बैठकले सरकार समक्ष माग गरेको छ ।

(७) अन्य रोगका बिरामीले यस बीचमा कयौं जिल्लामा सहज उपचार पाउन नसकेको बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

(८) फ्रन्ट लाइनमा रहेर कार्य गरिरहेका स्वास्थकर्मीहरुलाई कतिपय ठाउँमा हतोत्साहित गर्ने ब्यवहार भएको बिषयलाई गम्भीरतापूर्वक लिंदै बैठकले त्यस्तो स्थिति दोहोरिन नदिन एवं स्वास्थकर्मी र सुरक्षाकर्मी बीच कही पनि असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वयका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ सामग्रीको अभाव र अनियमितता बारे
(९) स्वास्थकर्मीहरुलाई पर्याप्त गुणस्तरीय पीपिइ अझैपनि पुर्‍याउन नसकिएको बिषयलाई सरकारको गैह्र जिम्मेवारीको हदका रुपमा लिंदै बैठकले सबै अत्यावश्यक सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न र उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ ।

(१०) सामग्री खरिदको अनियमिततामा संलग्नलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन अघिल्लो बैठकले गरेको माग यो बैठकले पुनः दोहोर्‍याएको छ । साथै कुनैपनि प्रकृतिको दबाबबाट मुक्त रहेर अनुसन्धान गर्न बैठकले अपील गरेको छ ।

बिदेशमा रहेका नेपालीहरु बारे
(११) कोरोनाको संक्रमणले बिदेशमा जीवन गुमाएका सबै नेपालीप्रति श्रद्धाञ्जली सहित बैठकले सम्बन्धित परिवारजन तथा नेपाली डायस्पोरामा समवेदना प्रकट गरेको छ । बैठकले उपचाररत स्वदेश र बिदेशका सबै नेपालीको सिघ्र स्वास्थलाभ कामना गरेको छ ।

(१२) बिदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, ब्यवसायी एवं अप्ठ्यारोमा परेका सबै नेपालीको सुरक्षा र राहतका लागि उच्च स्तरीय कुटनैतिक पहल बढाउन बैठकले सरकारलाई आग्रह गरेको छ । नेपाली दूतावासहरुलाई नेपालीको हितमा बिशेष सक्रियता बढाउन तथा नेपाली जनसम्पर्क समिति, एनआरएन एवं अन्य सबै संस्थालाई साझा जिम्मेवारी बोधले कार्य गर्न अपिल गरेको छ ।

(१३) अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्न आवश्यक अध्ययन र तयारी शुरु गर्न बैठकले नेपाल सरकारलाई आग्रह गरेको छ । उद्धार पश्चात् देशभित्र गर्नुपर्ने ब्यवस्थापन बारे पूर्व तयारीमा ढिलाइ नगर्न पनि बैठकले सरकारलाई सजग गराएको छ ।

(१४) महाकाली पारी धार्चुला आइपुगेका नागरिक लगायत अन्य सिमा नाकामा अलपत्र परेका नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश दिने र क्वारेन्टाइनमा राख्ने कार्य अझैसम्म नगरिएकोमा सरकारप्रति दुःख व्यक्त गर्दै बैठकले मातृ शोकमा परेका युवालाई धार्चुलाबाट नेपाल ल्याई परिक्षण पश्चात् आमाको काममा सरिक हुन दिन र अन्य सबैलाई पनि क्वारेन्टाइनमा राख्ने गरि नेपाल ल्याउन पुनः माग गरेको छ ।

अत्यावश्यक खाद्यान्न उत्पादन र कृषकलाई राहत बारे
(१५) लक डाउन लम्बिनु संगै खाद्यान्नको अभाव बढ्दै जाने स्थिति दृष्टिगत गरेर अत्यावश्यक खाद्यान्न उत्पादनका लागि स्थानीय सरकारहरु मार्फत जरुरी छलफल, कृषकको स्वास्थ्य परिक्षण एवं कृषि क्षेत्रलाई आवश्यक राहतसम्मको प्रबन्ध गर्न र गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेविसंघलाई जन्मदिनको शुभकामना
(१६) बैशाख ६ गते नेपाल बिद्यार्थी संघको जन्मदिवसको अवसरमा आजको पदाधिकारी बैठकले नेविसंघको विगत र वर्तमानमा आवद्ध स्वदेश र बिदेशमा रहेका सबैलाई हार्दिक शुभकामना ब्यक्त गरेको छ । कोरोना संकटको आजको घडीमा नेपाली विद्यार्थीहरुले उच्च सतर्कता साथ आफ्नो ब्यक्तिगत एवं समुदाय र राष्ट्रको हितमा बिशेष जिम्मेवारीबोधका साथ कार्य गर्न बैठकले अपील समेत गरेको छ ।

जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १८:०९
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्