काठमाडाैं- नेपाल र विदेशमा गरी अहिलेसम्म कोरोना भाइरस संक्रमित नेपालीको संख्या ७ सय ५४ पुगेको छ। यो समाचार तयार पार्दासम्म कोरोनाका कारण १७ जना नेपालीको मृत्यु भएकाे छ।
संक्रमित मध्ये उपचारपछि ८ जना निको भएका छन्। विदेशमा मात्रै ७ सय ३६ नेपालीमा कोरोनाकाे संक्रमण देखिएकाे पुष्टि भएको छ। नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्थानीय सञ्चारमाध्यमका अनुसार विदेशमा कोरोना संक्रमित नेपालीको संख्या ७ सय ३६ पुगेको हो।
संक्रमित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा ५ सयभन्दा बढी नेपाली संक्रमित भएकाे एनआरएनएले जनाएको छ। यस्तै बेलायतमा १०१, बहराइनमा ४९, कुवेतमा १९, स्पेनमा १८, पोर्चुगलमा १४, युएईमा १२, अस्ट्रेलियामा ९, साउदीमा ४, जर्मनीमा ४, कतारमा २, जापान, मलेसिया, हङकङ र म्यानमारमा १/१ जना संक्रमित रहेका छन्।
नेपालभित्र १८ नेपालीमा कोरोना संक्रमण भएको छ। नेपालमा कोरोना सक्रमितको संख्या ३० पुगे पनि यसमा १२ जना भारतीय नागरिक रहेका छन्। संक्रमित मध्ये साउदीमा ३, युएईमा २, बेलायतमा १ र नेपालमा २ गरी ८ जना निको भएका छन्।
एनआरएनए तथा विभिन्न मुलुकका स्थानीय सञ्चारमाध्यमका अनुसार हालसम्म बेलायतमा १०, अमेरिकामा ६ र युएईमा १ गरी १७ जना नेपालीको कोरोनाका कारण मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।