काठमाडौं– नेपाल विद्यार्थी संघले आफ्नो वार्षिकोत्सव कोरोना भाइरसका विरुद्ध संगठनलाई परिचालन गरेर मनाउने भएको छ। नेपाल विद्यार्थी संघ ५० वर्ष पार गरी शनिबारदेखि ५१ औं वर्षमा प्रवेश गरेको छ।
कोरोना संक्रमणले निम्त्याएको संकटको घडीमा सिंगो राष्ट्र एकजुट भई महामारीको सामना गर्न संघका अध्यक्ष राजीव ढुङ्गानाले आह्वान गरेका छन्। उनले मातहतका कार्यसमितिलाई जनतालाई उत्साहित बनाउँदै अघि बढ्न आग्रह गरेका छन्।
कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा संघ परिचित छ। आफ्नो हकहित प्रति जागरुक हुँदै शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगतिविरुद्ध खबरदारी गर्न ढुङ्गानाले आह्वान गरेका छन्।
लोकतान्त्रिक मूल्य र मान्यताका सवालमा संघ कहिल्यै नझुक्ने प्रतिवद्धता उनले विज्ञप्तिमार्फत् गरेका छन्। अझ बढी प्रशिक्षित र अनुशासित संगठनका रुपमा रुपान्तरण गरी आशा र भरोशाको केन्द्रका रुपमा नेविसंघलाई स्थापित गर्न संघका कार्यकतालाई उनले आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।