काठमाडौं-लकडाउनको उल्लंघन गर्दै सरकारी गाडी दुरुपयोग गरेर चलाएको पाइएको छ। बागमती प्रदेश ३-०३ -००१ झ ०००३ नम्बरकोे सरकारी गाडी मकवानपुरको कैलाश ९ सागीनेको आरोलोमा शनिबार दुर्घटना भएपछि यो कुरा बाहिर आएको हो ।
उक्त गाडीमा बागमती प्रदेशकै एक मन्त्रालयकी कार्यालय सहयोगी महिलालाई लिएर प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत आफैंले हाँकेर लगेका थिए।
गाडी दुर्घटना भएपछि पोल खुल्ने डरले बस्नेतले तत्कालै मुख्यमन्त्री डोरमणि पौडेललाई फोन गरेर सहयोग माग गरेका थिए । त्यसपछि आर्थिक मामिला मन्त्रालयका चालक बोलाएर डमी चालकको रुपमा उभ्याइएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो ।
यसबारे बस्नेतसँग सम्पर्क गर्दा उनले उक्त कुरा अस्वीकार गरे। ‘बिना काम सरकारी गाडी दुरुपयोग गरेको होइन । कृषिको अनुगमनका लागि जाँदा दुर्घटना भएको हो। अरु अब म के भनौं र,’ नेपाल लाइभसँगको कुराकानीमा उनले भने।
उता मुख्यमन्त्री कार्यालयले भने लकडाउनका बेला अनुगमनको कुनै काम नभएको जनाएको छ। गाडी दुर्घटना भए पनि मानवीय क्षति भने भएको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।