• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कांग्रेसको प्रश्न : सरकार छ र यो देशमा?

64x64
नेपाल लाइभ शनिबार, वैशाख ६, २०७७  १०:४१
1140x725

काठमाडौं–नेपाली कांग्रेसले श्रमिकका पक्षमा सरकार नभएको आरोप लगाएको छ। सभापति शेरबहादुर देउवादेखि केन्द्रीय सदस्यहरु सम्मले वक्तव्य र सामाजिक सञ्जालमार्फत् श्रमिकप्रति सरकारले गरेको व्यवहारको चर्को विरोध गरेका हुन्। 

लकडाउनको अवधि बढ्दै गएपछि खानाकै अभावमा श्रमिकहरु सहरबाट आफ्नै मूल थलोतिर फर्किरहेका छन्। श्रमिकहरुको ताँती दिनहुँ बढ्दै गएपछि सरकार तिनीहरुका समस्याप्रति जिम्मेवार नभएको कांग्रेसको निष्कर्ष छ।

कोरोनाविरुद्धको लडाईँ लड्दै गर्दा श्रमिक भोकले मर्ने अवस्था आएको कांग्रेस नेताहरुको टिप्पणी छ । दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरु पैदलै गाउँ फर्किएको दृष्टान्त देखाउँदै उनीहरुले सरकारलाई प्रश्न गरेका छन्, ‘पैदलै गाउँ गइरहेका श्रमिकका लागि यो देशमा सरकार छ कि छैन?’

कांग्रेस सभापति देउवाले समस्यामा परेका नागरिकको भरोसा हुनुपर्नेमा सरकार निमुखाहरुको यात्राको दर्शक मात्रै भएको आरोप लगाए। देउवाले काठमाडौंमा श्रम गरिरहेका नागरिकका लागि खाना र बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिंडेर घर गइरहेकाहरु प्रति ध्यानाकर्षण गराए। देउवाले मातहतका पार्टी संगठनलाई पैदलमार्फत् घर फर्केकालाई खाना र बासको व्यवस्था गर्न निर्देशन दिएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले विपन्नका लागि सरकार नभएको बताएका छन्। सरकारलाई उनको प्रश्न छ,‘देशका राजमार्गमा भौतारिइरहेका जनता र सहर बजारमा भोकै रहेका विपन्न जनताको सरकार खै?’ अलपत्र नागरिकका लागि प्रदेश र जिल्लाको समन्वय नभएकोप्रति उनले आपत्ति जनाए।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्च अदालतले शुक्रबार पैदलै जाने नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन सरकारका नाममा निर्देशन जारी गरेको थियो। तर उक्त निर्देशनको ठीक विपरीत निर्णय सरकारले शुक्रबार साँझ गरेको छ। घर जान लागेकाहरुलाई काठमाडौंमै रोक्ने सरकारी निर्णय भएको छ। आफ्ना नागरिकप्रति सरकारलाई जवाफदेही बनाृउनसमेत अदालतको आदेश कुर्नुपर्ने अवस्था आउनु विडम्बना भएको नेता डा शेखर कोइराला बताउँछन्। जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनको ठहर छ। कोइराला भन्छन्,‘हैन सरकार छ र यो देशमा? छ भने जनताले यति दुःख पाउँदा किन बोल्दैन,सुन्दैन र देख्दैन?’

घर जान हिडेका मजदुर तथा पैदलयात्रीलाई गन्तव्यसम्म र सीमामा रहेका नागरिकलाई देश भित्र्याउन सरकारलाई अदालतले आदेश दिनु लाजमर्दो विषय भएको उनले बताए।

सरकारले घर नपठाउने निर्णय गरेपछि कांग्रेस प्रवक्ता  विश्वप्रकाश शर्माले पैदल गएकालाई घरमै पुर्‍याउन सरकारसँग आग्रह गरेका छन्। अफ्ठ्यारोमा रहेका अन्यलाई पनि पठाउन शर्माले आग्रह गरे। उनी भन्छन्, ‘राहत पर्याप्त दिएर लकडाउनमा कडाइ गरौं। संक्रमित संख्या दोब्बर भएको छ,हामी दोब्बर गम्भीर बनौं।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकारले अदालतको आदेशलाई बेवास्ता गरे पनि सर्वोच्चको आदेश महत्वपूर्ण भएको नेता गगन थापाको बुझाइ छ। थापाले स्वास्थ्य र सुरक्षाका आवश्यक मापदण्ड पालना गर्दै संक्रमणको जोखिम कम हुने गरि काम गर्न सकिने बताए। प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा कार्य अघि बढाउन उनले आग्रह गरे।

श्रमिकहरु विपतिमा परेपछि अर्का केन्द्रीय सदस्य धनराज गुरुङ सरकारसँग रुष्ट बनेका छन्। नेकपा सरकारलाई उनले जनविरोधी सरकारको संज्ञा दिएका छन्। उनी भन्छन्,‘भ्रष्ट र जनविरोधी सरकारको आशा नगरौं।’ उनले पैदल घर जाने नागरिकको उद्दार गर्न कांग्रेसकै जिल्ला कार्यसमितिलाई आग्रह गरेका छन्। एक जिल्लाले अर्को जिल्लासँग समन्वय गरेर उद्धारमा खट्न जिल्ला सभापतिहरुलाई उनले आग्रह गरेका छन्। वर्तमान सरकारले अवरोध गरे ‘जनविरोधी सरकार’ को प्रतिरोध जनताले गर्ने उनको दाबी छ।

पैदल यात्रीहरू सरकारले राहत दिँदादिँदै रहरले नहिँडेको केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाइ छ। भोक र अभावले बाँच्नै नसकिने अवस्थामा सयौ किलोमिटरको दूरी पैदल यात्रामा निस्केको उनले सुनाए। समस्यामा परेका नागरिकलाई  घुम्ति बसमार्फत् गन्तव्यमा पुर्‍याउन उनले सरकारलाई सुझाव दिए। सरकारप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने, ‘कोही सुरक्षित हुन कसैले यस्तो पीडा पाउनु हुँदैन।सक्छौ–राहत देऊ। सक्दैनौ– घर जान देऊ।’

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १०:४१
  • #Novel Corona Virus
  • #nepali_congress

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्