एजेन्सी–भारत नयाँदिल्लीको लरेन्स रोडमा पाँच सय दरका नोट छरिएको अवस्थामा भेटिए। तर त्यसलाई न कसैले टिपे, न त्यसबारे कुनै चासो नै दिए। स्थानीय बासिन्दाले ठाने–कोरोना भाइरस फैलाउन नोटको प्रयोग भएको हुनसक्छ। लगत्तै प्रहरीलाई खबर गरियो। प्रहरीले सडकमा फालिएको नोट सेनिटाइज गरेर टिप्यो र खाममा हालेर चौकी लग्यो।
तर, यसरी सडकभरि पैसा छरिनुको रहस्य प्रहरीले पछि पत्ता लगायो। एक महिलाले एटिएमबाट पैसा निकालेपछि सेनिटाइजरले धोएर बाल्कोनीमा सुकाएकी थिइन्। तर हावा चलेपछि उडाएर पैसा सडकभरि छरिएको थियो। पैसा उठाएका एक प्रहरीले भने, ‘सडकमा छरिएको पैसा कसैले नउठाएको देख्दा यस्तो लाग्यो देशमा राम राज्य सुरु भएको छ।’ बीबीसी हिन्दी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।