एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले सार्वजनिक गरेको कोरोनाको नयाँ तथ्यांकमाथि आलोचना गरेका छन्। चीनको वुहानमा कोरोना भाइरसका कारण मर्ने मानिसको संख्या संशोधन गरेपछि ट्रम्पले उसको तथ्यांकमा शंका व्यक्त गरेका हुन्। शुक्रबार एक ट्वीट गर्दै उनले यस्तो आलोचना गरेका छन्।
‘यो अज्ञात शत्रुबाट हुने मृत्युको आँकडा चीनले अचानक बढाएर दुई गुणा पुर्याएको छ, यो अहिले सार्वजनिक भएको भन्दा निकै कम हो, अमेरिकामा भएको मृत्युभन्दा कम देखाइएको छ, ’ ट्रम्पले भनेका छन्।
ट्रम्पले शुक्रबार चीनको हुबे प्रान्तको वुहानमा मर्नेहरुको संख्या ५० प्रतिशतले बढाएको थियो। चीनले वुहानमा कोरोना भाइरसका कारण १ हजार २ सय ९० जनाको भाइरसका कारण मृत्यु भएको दावी गरेको थियो । यो संगै हुबेमा कुल ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको थियो। जेल र मुर्दाघरमा राखिएको तथ्याकवाट प्राप्त नयाँ तथ्यांकका आधारमा नयाँ विवरण सार्वजनिक गरिएको चीनका अधिकारीको दावी छ।
बीबीसीका चीन संवाददाता स्टीफन म्याकडोनालले वुहानको नयाँ तथ्यांक सार्वजनिक गरेर चीनले विश्लेषकहरुलाई नयाँ चिन्ता थपेको बताए। केही हप्तादेखि चीनसँग आधिकारिक तथ्यांकका बारेमा विश्वभरबाट प्रश्न उठाइँदै आएको थियो। अहिलेसम्म उसले इमरजेन्सी र लकडाउनका कारण मृत्युृदर रोकेको अनुमान गरि एपनि चिनियाँ अधिकारीहरुले जानीबुझी तथ्याक लुकाएको आरोपमा थप शंका गर्नेलाई बल मिलेको छ।
तर चिनियाँ अधिकारीहरु समयमै कोरोना भाइरसको जानकारी विश्वलाई नदिएको भए यो महामारी अहिले सोचेभन्दा झन् डरलाग्दो अवस्था हुने भएकाले शंका गर्न जरुरी नभएको बताउँछन्।
वुहानका अधिकारीले जानीबुझी कुनै गलत विवरण नदिएको भन्दै तत्कालीन अवस्था खराब भएको र अहिले सामान्य भएपछि थप जानकारी खोजेर सूचना जानकारी गराएको दावी गरे। चीनको आर्थिक विकासको तथ्यांक गिरावटको घोषणा भएका बेला नयाँ तथ्यांक आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।