एजेन्सी- कोरोना संक्रमणबाट विश्वभर २२ लाख १४ हजार संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविध्यालयको तथ्यांक अनुसार शनिबार विहानसम्म मृतकको संख्या एक लाख ५० हजार ९ सय ४८ पुगेको छ।
सबैभन्दा धेरै संक्रमित र मृतक दुबै अमेरिकामा भएको छ। अमेरिकामा ६ लाख ८३ हजार ७ सय ८३ जना संक्रमित भएका छन्। स्पेनमा एक लाख ८८ हजार संक्रमित छन्। इटलीमा एक लाख ७२ हजार, फ्रान्स एक लाख ४७ हजार, जर्मनी एक लाख ३९ हजार र बेलायत एक लाख ९ हजार संक्रमित छन्।
विश्वका एक सय ८५ देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ। कोरोना संक्रमण भएका पाँच लाख ६४ हजार निको भएका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।