एजेन्सी- भारतमा कोरोना संक्रमणबाट ४ सय ५२ को मृत्यु भएको छ। भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्मको तथ्यांक अनुसार १३ हजार ८ सय ३५ जना संक्रमित भएका छन्।
भारतमा कोरोना संक्रमण भएका एक हजार ७ सय ६६ जना उपचारपछि निको भएका छन्। भारतमा सबैभन्दा धेरै सक्रमित महाराष्ट्रमा भेटिएका छन्। त्यहा तीन हजार २ सय ५ जना संक्रमित फेला परेका छन्। दिल्लीमा १६ सय संक्रमित फेला परेका छन् भने मध्य प्रदेशमा १३ सय फेला परेका छन्।
सबैभन्दा धेरे मृत्यु महाराष्ट्रमै भएको छ। महाराष्ट्रमा संक्रमणबाट एक सय ९४ जनाको मृत्यु भइसकेको छ। दोस्रोमा मध्यप्रदेश रहेको छ। मध्यप्रदेशमा ५७ जनाको मृत्यु भएको छ। भारत सरकारले कोरोना संक्रमण फैलन नदिन लकडाउन लगाए पनि संक्रमितको संख्या भने बढीरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।