एजेन्सी-कोरोना भाइरस संक्रमण देखिएको प्राम्भिक महिना हेलचेक्राई गरेको अमेरिका अहिले कोरोना संक्रमण नियन्त्रणको जटिल अवस्थामा पुगेको छ। अहिले अमेरिकामा विश्वका देशहरुमध्ये सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित छन् भने कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको सूचीमा पनि अमेरिका अगाडि छ।
शुक्रबार मात्र अमेरिकामा एकै दिन ८ हजार नयाँ संक्रमित फेला परेका छन्। अमेरिकामा शुक्रबारसम्म ६ लाख ८३ हजार जना कोरोना भाइरसको संक्रमणमा परिसकेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ हजार एक सय ८० पुगेको छ।
शुक्रबार अमेरिकामा एकै दिन नाै सय जनाको मृत्यु भएको जोन अप्किन्स विश्वविध्यालयले जनाएको छ। अमेरिकाले परिक्षणको गति भने बढाइरहेको छ। शुक्रबारसम्म अमेरिकामा ३४ लाख बढीमा कोरोना भाइरस संक्रमणको परिक्षण भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।