एजेन्सी- मुस्लिम धर्मावलम्वीहरुको पवित्र पर्व रामदानमा घरमै बसेर प्रार्थना गर्न साउदी अरेबियाका अधिकारीले आग्रह गरेका छन्। कोरोना संक्रमण फैलनबाट रोक्न मुस्लिम धर्मावलम्वीहरुको पवित्र स्थल मक्का र मदिना रामदानमा समेत बन्द रहनेछ।
जेरुसलेममा रहेको अर्को पवित्र धार्मिकस्थल अल अस्का मस्जिदमा समेत रामदानमा रित्तो हुन सक्नेछ। सिएनएनका अनुसार सम्बन्धित अधिकारीहरुले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न सबैलाई रामदानको महिना घरमै बसेर प्रार्थना गर्न र भेला नहुन आग्रह गरिरहेको छ।
साउदी सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन रामदानमा समेत मस्जिदमा भेला नभई घरमै बसेर प्रार्थना गर्न निर्देश दिएको छ। जेरुसलम इस्लामिक परिषद्का अनुसार रामदानमा अल अस्का बन्दै राख्ने योजना रहेको बताएको छ। जोर्डन र इजिप्टले समेत रामदानमा मस्जिदमा भेला भएर प्रार्थना गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।