एजेन्सी- अमेरिकाले डिपोर्ट गरेर ग्वाटेमाला पठाएका ४४ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। उनीहरु टेक्ससबाट सोमबार ग्वाटेमाला पुगेका थिए। उनीहरुको स्वास्थ्य परिक्षणमा कोरोना भाइरस संक्रमण देखिएको ग्वाटेमालाका सरकारी अधिकारीलाई उदृत गर्दै सिएनएनले लेखेको छ।
ग्वाटेमालाले अमेरिकासँगको हवाइ सम्बन्ध अनिश्चितकालका लागि स्ठगित गरिसकेको छ। ग्वाटेमालाको परराष्ट्र मन्त्रालयका अधिकारीले दुबै देशको सहमतीमा तत्कालका लागि हवाई सम्पर्क रोकेको र कोरोना भाइरस संक्रमण रोक्न दुबै देश मिलेर काम गरिरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।