काठमाडौं- कर्तव्य ज्यान मुद्दा अभियोगमा थुनामा पठाउनुपर्ने कैदीलाई कोरोना भाइरस परीक्षण गरेर मात्र कैदमा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ।
अदालतले कर्तव्य ज्यान मुद्दामा तत्काल प्राप्त प्रमाणबाट दोषी देखिएको भन्दै १ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। तर, इजलासले प्रतिवादीको कोरोना भाइरस परीक्षण भएको नदेखिएको भन्दै आरडिटी या पिसिआर परीक्षण गरेर मात्र थुनामा पठाउन भनेको छ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले छिमेकीको हत्या गर्ने चितवनकै हरिकृष्ण पाध्यालाई थुनामा पठाउने आदेश जारी गर्दै कोरोना संक्रमण भए/नभएको यकिन गरेर मात्र कारागार पठाउन आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।