काठमाडौं- लकडाउनको अवधि लम्बिएसँगै काठमाडौंबाट घर जानेको संख्या बढ्न थालेपछि सरकारले यसलाई रोक्ने भएको छ।
कोरोना भाइरस रोग रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समितिका संयोजकसहित सरकारका मन्त्रीहरूसमेत उपस्थित भएको प्रधानमन्त्रीसहितको बैठकले यस्तो निर्णय गरेको हो।
गइसकेकालाई भने गृह मन्त्रालयले समन्वय गरी व्यवस्था गर्ने समेत बैठकमा सहाभागी एक मन्त्रीले नेपाल लाइभलाई जानकारी दिए।
प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिका सदस्यहरुलाई अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए। रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको समितिका ८ जना मन्त्रीलाई प्रधानमन्त्री निवास पुगेका थिए।
काठमाडौंलगायत विभिन्न सहरबाट मजदुरहरु हिंडेरै आआफ्नो जिल्ला गएका हृदयविदारक दृष्यहरु सर्वाजनिक भएपछि ओलीले बैठक बोलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।