काठमाडौं- कुवेतमा शुक्रबारमात्रै ४ जना नेपालीमा कोरोना संक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुगेको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबारसम्म १४ जना नेपालीमा कोरोना संक्रमण भएको थियो। बिहीबार थप एकमा कोरोना संक्रमण भेटिएको त्यहाँको स्थानीय मिडिया अरब टाइम्सले उल्लेख गरेको थियो।
शुक्रबार थप ४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या १९ पुगेको हो। उनीहरुको अवस्था सामान्य रहेको दूततावासले जनाएको छ।
हालसम्म कुवेतमा १ हजार ८ सय ५८ जनामा कोरोना संक्रमण भएको छ। कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् भने २ सय ५८ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।