धनगढी- कोरोना भाइरसका कारण धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्थगित गरिएको प्रसुति सेवा पुनः सोही ठाउँमा सुचारु गरिने भएको छ।
सेती प्रादेशिक अस्पताल कोरोना डेडिकेटेड अस्पताल बनाइएपछि कोरोनाको संक्रमण नियन्त्रण गर्न भनी अस्पतालमा सञ्चालन हुँदै आएको प्रसुति सेवा धनगढीस्थित नवजिवन अस्पतालमा सार्ने निर्णय भएको थियो।
अस्पतालले अन्यत्र सार्दा प्रसुति सेवा प्रभावकारी नहुने देखिएपछि हाल मौजुदा अस्पतालभित्रै सुरक्षाका विधिहरु अपनाएर यथास्थितिमै सुचारु गरिने जनाइएको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै भवनबाट पार्टेसन गरी छुट्याइएको र आवतजावत गर्ने बाटो समेत अलग्गै व्यवस्था गरिएको जनाएको छ।
सेती प्रादेशिक अस्पतालमा प्रसुति वार्डमा आधा दर्जनभन्दा बढी स्त्री रोग विशेषज्ञ, दर्जनौ नर्स र स्वास्थ्यकर्मीहरुले प्रसुति सेवा दिँदै आएका छन्। अस्पतालमा दैनिक २५ देखि ३० जनाले प्रसुति सेवा लिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।