काडमाडौं- भक्तपुरको लोकन्थलीमा रहेको समिट अस्पतालको फार्मेसीले बढी मूल्यमा सर्जिकल मास्क बेचेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागले शुक्रबार गरेको बजार अनुगमनका क्रममा उक्त फार्मेसीले दोब्बरभन्दा बढी मूल्यमा सर्जिकल मास्क बिक्री वितरण गरेको पाइएको थियो। अधिकतम खुद्रा बिक्री मूल्यभन्दा दोब्बर बढीमा मास्क बेचेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को धारा १६ को उपधारा २ (क) र धारा ३८ को कसुर बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।
त्यस्तै विभागले नयाँ बानेश्वरको न्यु धनुषा माछा पसललाई पनि ५० हजार जरिवाना गराएको छ। उक्त माछा पसलले बिक्री मूल्य नखुलाई व्यापार व्यवसाय गरेको भेटिएपछि कारबाही गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।