जुहाइ (चीन) - चीनको जुहाई सहरमा कुकुर र बिरोलोको मासु खान रोक लगाइएको छ। कोरोना भाइरसको संक्रमणका कारण यस्तो निर्णय गरिएको हो। यसअघि सेन्झेंनमा पनि कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाइएको थियो।
जुहाइमा एक मे १ देखि यो नियम लागू हुने बताइएको छ। सरकारको यो निर्णयलाई पशु अधिकारकर्मीहरुले स्वागत गरेका छन्।
पशु अधिकारकर्मीले यसअघि नै चीनमा कुकुर र बिरालो लगायतका जङ्गली जनावरको मासु खान रोक्न माग गरेका थिए। उनीहरुले कोरोना भाइरसपछि जनवारको मासुमा चीनभर प्रतिबन्ध लाग्ने अपेक्षा गरेका छन्।
पूरै एसियामा प्रत्येक वर्ष तीन करोड कुकुर मासुका लागि मारिने गरेका बताउने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।