• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनले बन्द नगरेको शर्माको सक्रियता  

64x64
वीरेन्द्र ओली बुधबार, वैशाख ३, २०७७  १२:३४
1140x725

काठमाडौं - नेकपा नेता तथा पूर्वमन्त्री जनार्द्धन शर्मा 'प्रभाकर’ खरो स्वभावका छन्। त्यो स्वभावका लाभहानी दुवै होलान्। तर शर्माको यो स्वभाव उनको परिचय बनेको छ। चित्त नबुझेका कुरामा उनी तुरुन्तै प्रतिक्रिया जनाइहाल्छन्। त्यसले कहिलकाहिँ हानी गर्ला। जब त्यो स्वभावके छायाँ उनको काममा पनि देखिन्छ। त्यतिबेला भने उनलाई लाभ पुग्छ। यही स्वभावका कारण जस्तोसुकै परिस्थितिमा पनि आफूलाई सक्रिय बनाइराख्छन्।

सरकारले लकडाउन घोषणा गरेपछि अधिकांस नेताको दैनिकी फेरिएको छ। भौतिक सक्रियता घटाएका छन्। तर शर्माले त्यसलाई पनि जारी राखेका छन्। सरकारले चैत १२ गतेदेखि लकडाउन गर्ने घोषणा गर्‍यो। यसको प्रत्यक्ष मारमा गरिखाने वर्ग पर्योत। धेरै मजदुर अलपत्र परेपछि उनीहरुलाई गन्तव्यमा पुर्या्उन उनले सहयोग गरे।

मेकिडल सामाग्रीको अभाव देशभरि थियो। उनको निर्वाचन क्षेत्र भएको कर्णाली प्रदेशमा मेडिकल सामग्री सरकारी तवरबाट पुग्नेमा आशंका थियो उनलाई। किनभने विकासलगायतका विषयमा कर्णाली प्राथमिकतामा नपरेको भन्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटकपटक गुनासो गरिसकेका छन्। एकपल्ट त कर्णालीका सांसदहरु सामूहिक रुपमा प्रधानमन्त्री ओलीकहाँ पुगे। जसको नेतृत्व उनले नै गरेका थिए।) यही कारण उनी आफैंले मेडिकल सामग्री बटुलबाटुल गरेर कर्णाली प्रदेश लिएर गए। 

कर्णालीका सुर्खेत, जुम्ला र रुकुमको चौरझारीमा विभिन्न उद्योगी व्यवसायीको सहयोगबाट उनले मेडिकल सामाग्री पुर्‍याए । कोरोना नियन्त्रण र रोकथाका लागि पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा कर्णाली प्रदेश सचिवालयको भिडियो वैठक गरे। बैठकले कोरोना तयारी तथा रोकथामका लागि आवश्यक तयारीसँगै राहत वितरण कार्यलाई प्रभावकारी बनाउने निर्णय गर्यो।

लकडाउनकै बेला शर्माले चितवनको कोरोना अस्थायी अस्पतालले गरेको उपचारका सम्बन्धमा पनि अवलोकन गरेर फर्किए। 

सरकारले लकडाउन घोषणा गरेपछि अलपत्र परेका श्रमिक, मजदुर, सर्वसाधरण गरी ९० समूहलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला पुर्‍याएको शर्माले बताए। ‘सरकारले एकाएक लकडाउन घोषणा गरेपछि श्रमिक मजदुरले लकडाउन बारे जानकारी पाएनन्। लकडाउन भन्ने वित्तिकै सुरुमा सर्वसाधरण आत्तिए,’ शर्माले भने,  ‘अब के हुन्छ, लकडाउन भनको के हो? बुझेनन्। आत्तिए अलपत्र परे।' सर्वसाधरण घर जाँदाजाँदै बाटोमा लकडाउन भयो । गाडिले बीचमै अलपत्र पारिदियो। हप्ता दिनसम्म उनीहरुलाई सुरक्षित तवरले गन्तव्यमा पुर्‍याउन सहयोग गरेको शर्माले बताए।

पहिलोपटक लगाएको लकडाउनमा धेरै अलपल परेका सर्वसाधरणलाई सम्बन्धित जिल्ला पठाउन सहयोग गरेपनि त्यो संख्या धेरै भएपछि अहिले उनी रोकिएका छन्। सलैलाई यस्तो अवस्थामा पुर्यापउन विकल्प सरकारसँग पनि छैन। व्यक्तिगत प्रयास त एउटा अभियान मात्रै न हो। आफूलाई सम्बिन्धित जिल्ला पठाइदिन आग्रह गर्दै २५ समूह नियमित सम्पर्क गरिरहेको शर्माले बताए। नेपाल-भारत सीमामा अलपत्र परेका नेपालीले समेत शर्मालाई फोन गरेर प्रवेश गराउन सहयोग मागिरहेका छन्। नेपाल प्रवेश गराउन सम्भव नभएपछि पार्टी र मन्त्रीलाई फोन गरेर भारतमै क्वारेन्टाइनमा बस्ने व्यवस्थाका पहल गरेको शर्माले बताए।  

nimb
nimb
Ncell 2
Ncell 2

आफ्नो जिल्लामा कृषि, पशुपालनलगायत दैनिक जनजीवन प्रभावित नहुनेगरी छलफल गरेर फर्किएको शर्मा बताउँछन् । ‘लकडाउन भनिएपनि गाउँघरमा घरमै बस्दा जीवन चल्दै घाँस, दाउँरा, पानीपधेंरो र मेलापातमा जानैपर्छ,’ शर्मा भन्छन्, 'गाउँलाई समेत सानासाना समूह बनाएर आ–आफ्नो टोलमा कृषकमा जनजीवन प्रभावित नहुनेगरी काम गर्ने वातावरण मिलाइयो।’ रुकुम जिल्लाको सुरक्षा परिषदको बैठक बोलाएर कोरोना नियन्त्रण र रोकथामका साथै  संक्रमण फैलिएपछि उपचारका लागि कसरी व्यवस्था गर्ने ?  भन्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरेर फर्किको उनले बताए। 

ऊर्जामन्त्री हुँदा कमाएका थिए चर्चा 
केही वर्ष पहिले उर्जा मन्त्रालयको जिम्मेवारीमा हुँदा शर्मा पार्टीभित्र मात्र होइन, आम जनतामाझ पनि चर्चित भए। कुनै समय १७\१८ घण्टा लामो लोडसेडिङको अन्त्य उनकै नेतृत्वमा भयो। आम जनतामाझ उनले बिद्युत प्राधिकरण प्रमुखको जिम्मेवारी दिएका कुलमान घिसिङले पाए। उनलाई ल्याएर लोडसेडिङ अन्त्यका लागि निर्धक्क काम गर्ने व्यवस्था मिलाउने शर्माको भूमिकाको प्रशंसा बौद्धिक सर्कलमा बढी भयो।

त्यसपछि उनी उत्तर र दक्षिणतिर फर्किएका तत्कालिन नेकपा एमाले  र माओवादी केन्द्रलाई एकै ठाउँमा ल्याउन सक्रिय रुपमा लागिपरे। एकले अर्कोलाई देखि नसहनेहरु थिए दुवै पार्टीमा। तर, दुवै पार्टीका अध्यक्षलाई संवाद गर्ने वातावरण बनाउन अन्य केही नेताका साथै उनको भूमिका पनि महत्वपूर्ण थियो। 'एकताको गर्दा शिर्ष नेतालाई नजिकबाट बुझ्ने अवसर पाएँ,’ शर्मा  अनुभव सुनाउँदै भन्छन्,  'शिर्ष नेताहरु भावनात्मक रुपमा अत्यन्तै संवेनशील हुनुहुँदो रहेछ। सानो कुराले जोड्ने र टुक्रिने। एकता हुँदाको पछिल्लो अवस्थामा विदेशमा हुँदा झण्डै एकता भाडिँएको थियो।'  आफूले शिर्ष नेतालाई जोड्ने काम नगरेको भए एकताले सार्थकता नपाउने उनको दाबी छ। 

एकतामा जोडबलका साथ लागेका शर्मा पार्टी एकता गरेपनि पछिल्लो समय शर्मा उतिसारो खुसी छैनन्। सरकारले प्रभावकारी काम गर्न नसकेको र पार्टी भद्रागोल भएको प्रति शर्माको अभिव्यक्तिमा असन्तुष्टि  झल्किन्छ।  ‘अहोरात्र खटेर पार्टी एकताको पहल गरियो । जनताले अपेक्षा गरे अनुसार काम भएन,’ उनी भन्छन्,  ‘यही पार्टीबाट देश राष्ट्रलाई समृद्ध बनाउनुको विकल्प छैन।’  तर, एकिकृत पार्टीलाई व्यवस्थित बनाउँदै समाजवादको यात्रामा जाने विषयलाई शर्मा  दोहोर्‍याउन छोड्दैनन्।

 काम गर्न सत्ता चाहिँदैन 
आफूलाई सत्तामा हुनु र नहुनुले कुनै अर्थ नराख्ने बताउँदै शर्माले काम हुनु र नहुनुले मात्र अर्थ राख्ने बताउँछन्। 'दुनियाँका आ-आफ्नै दर्शन र विचार हुन्छन्। सोहीअनुसार आफूलाई समाहित गर्छन्,’ शर्मा भन्छन्,  ‘मेरो स्वभाविक काम परिणाम ल्याउने हुन्छ। जनतालाई केही न केही सेवा होस् भन्ने मान्यता नै मेरो दर्शन हो।’  व्यक्तिगत लाभ भन्दा जनतालाई हुने विषयमा केन्द्रीत हुने उनी बताउँछन्। 

सत्ता बाहिर भएका शर्मा समग्र कर्णाली प्रदेश र आफ्नो निर्वाचन क्षेत्र पश्चिम रुकुममा केन्द्रीत छन् । पार्टीले पनि कर्णली प्रदेशमा जिम्मेवारी दिएकाले प्रदेशका १० जिल्लामा केन्द्रीत छन् । सात प्रदेशमध्ये कर्णाली प्रदेश सबैभन्दा पछाडी छ। आफू त्यहाँ सम्भावानाको खोजी गरिरहेको उनी बताउँछन्। कर्णाली प्रदेश सरकारलाई सहयोग पुग्नेगरी थिङकट्यांकको अवधारणा अगाडि सारेका छन् उनले। प्रदेशका सम्भावनाहरु के-के छन्<  चुनौतिहरु के-के हुन्< भन्ने विषयमा थिङट्यांकले काम गरिररहेको उनी बताउँछन्।

पूर्वी रुकुम र पश्चिम रुकुममा जिल्ला विभाजित भएपछि शर्मा पश्चिम रुकुमबाट प्रतिनिधित्व गर्छन्। पश्चिम रुकुमका ३ नगरपालिका र ३ गाउँपालिकाको विकासमा उनी केन्द्रीत छन् । सत्ता बाहिर हुँदा फुर्सद हुने भएकाले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिवद्ध भएर काम गरिरहेको बताउँछन्। ‘हरेक महिना आफ्नो निर्वाचन क्षेत्र जाने पर्यत्न गरिन्छ,’  प्रभाकर भन्छन्,  'कुनै महत्वपूर्ण काम नहुँदा हरेक महिनाजसो आफ्नो निर्वाचन क्षेत्र जान्छु। जनताका गुनासा सुन्ने र विकास निर्माणमा के कस्तो प्रगति भए भन्ने रिपार्ट लिएर फर्किन्छु।’ 

सानैदेखि जुझारु
उमेरले झण्डै ६० वर्ष पुग्न लाग्दा पनि  उनी २०÷२५ वर्षे युवा जस्तै सक्रिय र  जुझारु देखिन्छन्। आफूलाई लागेको कुरा स्पष्ट राख्छन्। ‘मलाई कुनै कुरा घुमाएर कुटनीकि तरिकाले गर्न आउँदैन,’ शर्मा  भन्छन्,  'आफूलाई लागेको कुरा पार्टी अध्यक्षलाई पनि सिधै भन्ने गर्छु। मनमा छलकपट षड्यन्त्र नहुने भएकाले नेताहरुले त्यति चित्त दुखाउदैनन्।’

 २०१९ सालमा रुकुमको रेसी गाउँमा मध्यम वर्गीय परिवारमा शर्माको जन्म भएको हो। त्यहाँ दरवारसँग सिधा सम्बन्ध भएका ठकुरीको दबदबा थियो। 'हाम्रो गाउँमा मात्र होइन जिल्लाका धेरै ठकुरीहरुको सम्बन्ध सिधा दरवारसँग हुन्थ्यो,’ शर्मा भन्छन्,  'हामीलाई अनाहकमा कुट्दा पिट्दा पनि केही बोल्न पाइदैन थियो। उनीहरुको सामन्ती व्यवहारले गर्दा मलाई विस्तारै विद्रोही बनाउँदै लग्यो।'

आफू सानैदेखि विद्रोही स्वभाव रहेको र अन्याय सहन नसक्ने उनले बताए। कसैलाई हेपेको देखेमा वा आफूमाथि आइलाग्दा प्रतिकार गर्ने आफ्नो स्वभाव रहेको उनी बताउँछन्। उनका पिता २०२२ सालमै रुकुम जिल्ला कम्युनिष्ट पार्टीका सस्थापक सदस्य भएकाले नै शर्मामा सानैदेखि कम्युनिष्ट विचारको छाप पर्न गयो। १४ वर्षकै उम्मेर हुँदा २०३४ सालमा तत्कालिन कम्युनिष्ट पार्टी चौमको सदस्यता लिएर राजनीतिमा होमिएका थिए।

२०४८ सालमा तत्कालिन जनमोर्चाले निर्वाचनलाई उपयोग गर्ने नीति लिएपछि २९ वर्षको उम्मेरमा उम्मेदवार उठे। तर, निर्वाचनमा थोरै मतले पराजित भए । माओवादी २०५२ सालमा जनयुद्ध सुरु गरेपछि प्रत्यक्ष युद्धमोर्चामा सहभागी भए। माओवादीले २०५७ सालमा जनमुक्ति सेनाको अवधारणा ल्याएपछि जनमुक्ति सेना तालिम लिएर युद्ध मोर्चामा सहभागी भए।

सुदूरपश्चिम क्षेत्रमा माओवादी जनयुद्धममा असफल भइरहेको अवस्थामा प्रभाकर ब्युरो इन्चार्ज र सेनाको कमाण्डर भएर काम गरे।  सेतीमहाकालीमा जति ठाउँमा माओवादीले 'कारबाही' गर्‍यो। आफ्नै नेतृत्वमा भएको उनी बताउँछन्। जनयुद्धमा प्रभाकर सेनाको डेपुटी कमाण्डर समेत भइ जनयुद्धभर सहभागी भए। तर, माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति, ऊर्जा र गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १२:३४
  • #Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जाजरकोटमा सेनाले बोकेर पुर्यायो पहिरोपीडितका लागि राहत सामग्री शुक्रबार, भदौ ५, २०८३
पछिल्ला दुई सिजनमा ३२ लाख डलर बढी घाटा व्यहोरेको बीपीएल यस वर्ष नहुने शुक्रबार, भदौ ५, २०८३
सरकारी गाडीमा पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार, भदौ ५, २०८३
कांग्रेस विवाद अदालतमा होइन, सानेपामा संवादबाट समाधान गरौँ : प्रदीप पौडेल शुक्रबार, भदौ ५, २०८३
अलास्कामा अवतरणका क्रममा चार्टर विमान दुर्घटना, दुई पाइलटसहित ८ जना बेपत्ता शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्