काठमाडौं– लकडाउनमा सवारी सञ्चालनका लागि सरकारले दिने विद्युतीय पासमा नेपाल टेलिकले सहयोग गर्ने भएको छ। लकडाउनका बेला अवस्थामा अत्यावश्यक सेवा तथा वस्तु परिचालन गर्न तथा आवतजावत गर्न नेपाल सरकार, गृह मन्त्रालयले प्रदान गर्ने विद्युतीय पाससम्बन्धी जानकारी उपलब्ध गराउनको लागि नेपाल टेलिकमले एसएमएस सर्ट कोड सेवा उपलब्ध गराउने भएको हो।
नेपाल सरकार, गृह मन्त्रालयको ई–पास सम्बन्धी वेब पोर्टलमार्फत् आवेदन प्राप्त भएपछि ई-पास उपलब्ध गराउने सम्बन्धि जानकारी नेपाल टेलिकमको मोबाइल भएका सम्बन्धित निवेदकहरुलाई सर्ट कोडमार्फत् पठाउन सक्नेछ।
लकडाउन अवधिभरको लागि सर्ट मार्फत पठाइने एसएमएसमा कम्पनीले निस्शुल्क गरेको छ भने सो सर्ट कोड सञ्चालनका लागि नेपाल टेलिकमले एसएमपिपि एकाउन्ट तथा भिपिएन कनेक्सन समेत निस्शुल्क उपलब्ध गराएको छ।
कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले नेपाल सरकारको ई–पास सम्बन्धी वेब पोर्टल प्रयोग गर्दा खपत हुने मोबाइल डाटासमेत लकडाउन अवधिभरको लागि कम्पनीले निशुल्क गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।