• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

एक बेपर्वाह राष्ट्रपतिका नाममा

  जेफरी स्याक्स मंगलबार, वैशाख २, २०७७  १८:३२
1140x725

अमेरिकामा अहिले कोरोनाबाट विश्वमै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। अहिलेसम्म अमेरिकामा २३ हजार ६ सय ४४ ले ज्यान गुमाइसकेका छन्। देशले महामारीविरुद्ध सशक्त कदम नचालेसम्म ठूलो संख्यामा अमेरिकीहरूको मृत्यु हुनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्प असफल भएका छन्। अमेरिकासँग अहिले पनि महामारी नियन्त्रण गर्ने र अर्थतन्त्रलाई पुनः सुचारु गर्ने न्यूनतम योजना पनि छैन।

 जेफरी स्याक्स

ट्रम्प प्रसाशनको असफलताको तह थाहा पाउन अमेरिकाको मृत्यु र एसियाली देशको मृत्युसँग सिधा तुलना गर्दा हुन्छ। अमेरिकामा अहिले प्रत्येक दश लाखमा ६२ जनाको मृत्यु भइरहेको छ। यसैबीच जोन हप्किन्स विश्वविद्यालयका अनुसार हङकङ, जापान र ताइवानमा प्रत्येक दश लाख संक्रमितमध्ये १ जनाभन्दा कमको मात्र मृत्यु भएको छ। र, चीन, दक्षिण कोरियार र सिंगापुरमा प्रत्येक दश लाख संक्रमितमा ५ जनाभन्दा कमको मृत्यु भएको छ। भारतले पनि मार्च २४ देखि पूर्णरूपमा लकडाउन गरेर निर्णायक कदम चालेको छ। भारतमा २ सय ८९ मुत्यु हुँदा प्रत्येक दश लाखमा ०.२ हुन आउँछ। भारतमा अमेरिकामा जस्तो बिरामीले अस्तपाल घेरिएको छैन।

महामारीले खतराको घण्टी बजाउँदा पनि राष्ट्रपति ट्रम्पले यसविरुद्ध एसियाली देशले जति पनि तयारी गर्न असफल रहे। उनले चेतावनीका संकेतबारे तत्कालीन समयमा बेवास्ता गरे। सबै नियन्त्रणभित्रै रहेको भन्दै उच्च जोखिमलाई सामान्य रूपमा लिइरहे।

यसरी बेवास्ता गर्ने मामिलामा ट्रम्प निश्चितै रूपमा एक्ला भने होइनन्। धेरै युरोपली देशहरू पनि समयमै कदम चाल्न असफल रहेकाले कतिपय युरोपेली देशको मृत्युदर अमेरिकामा भन्दा पनि बढी छ। संयुक्त अधिराज्यले प्रधामन्त्री बोरिस जोन्सन नेृत्वमा काम  गर्नुको साटो धर्मरायो। र, अहिले युरोपकै सबैभन्दा खराब अवस्था झेलिरेको छ, जबकि प्रधामन्त्री बोरिस आफै आइसियूमा भर्ना (आइतबार अस्पताबाट रिहा) भए। ब्राजिलमा राष्ट्रपति जायिर बोल्सोनारो महामारी बढ्छ भन्ने कुरालाई अस्वीकार गरिरहेका छन्। 

ट्रम्प यसबीचमा सार्वजनिक स्वास्थ्य विशेषज्ञको नेतृत्व गर्न पटक–पटक असफल भए। उनले आधारभूत सार्वजनिक स्वाथ्यको मूल कुरालाई नै बेवास्ता गरे। महामारीलाई सार्वजनिक स्वाथ्यभन्दा पनि राजनीतिक र चुनावी प्रक्रियाका रुपमा हेरेको देखिन्छ। सदाझैं उनले आफ्नो विनाशकारी असफलाका लागि अरुलाई दोषारोपण गरिरेका छन्।

ट्रम्पले चेतावनीका संकेतबारे तत्कालीन समयमा बेवास्ता गरे। सबै नियन्त्रणभित्रै रहेको भन्दै उच्च जोखिमलाई सामान्य रूपमा लिइरहे।

ट्रम्प आक्रमणको पछिल्लो निशाना महामारीविरुद्ध लड्न विश्वभरका सरकारलाई सघाउन मुख्य भूमिका खेल्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) हो। ट्रम्पले मार्च २४ मा  ट्विट गरे– ‘कोरोना भाइरस अमेरिकामा नियन्त्रणमा छ। हामी प्रत्येक व्यक्ति र सम्बन्धित देशसँग सम्पर्कमा छौं। रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) स्मार्ट तरिकाले काम गरिरहेका छ।’ अहिलेसम्म ट्रम्पको प्रस्थान दुःख असफलतातिर (उनका उत्सुक सर्मथक बाहेक) छ। अहिले उनले डब्लुएचओलाई निशाना बनाएका छन्। किनकी, अमेरिकाले चालेका कमदमलाई डब्लुएचओले गलत भनेको छ। 

अन्धभक्त र गैरजिम्मेवार  अमेरिकी संसद् कंग्रेसका गठबन्धनले डब्लुएचओलाई दिइँदै आएको सहयोग महामारीका बेला कटौती गर्ने कुरामा ट्रम्पलाई साथ दिइरहेका छन्। विश्वव्यापी उत्तरदायित्व अन्त्य गर्ने समानका अमेरिकी नीतिबारे सोच्न पनि कठिन छ। पीडामा रहेको मतदाताका लागि काम गर्नु अमेरिकी सांसद्हरूको दायित्व हो, एक बेपर्बाह राष्ट्रपतिका लागि मात्र काम गर्नु उनीहरुको जिम्मेवारी होइन। तिनीहरुले ट्रम्प ‘प्रोपागन्डा’को एजेन्ट हुनुभन्दा  भन्दा आफ्नै क्षेत्रमा भएको दुखद् अवस्था न्यूनीकरणमा ध्यान दिनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

डब्लुएचओमाथिको आक्रमण निरर्थक छ। सबै देशलाई उही सूचना, उही समयमा पाउने पहुँच छ। किन एसियाली देशहरू सफल भए? अमेरिका र धेरै युरोपेली देश नराम्ररी किन असफल भए? सवाल राष्ट्रिय नेतृत्व र सार्वजनिक स्वास्थ्य तयारीको मात्र हो। सबै देशलाई उस्तै समय र उस्तै तरिकाले जानकारी दिइरहेको डब्लुएचओ होइन। एक स्पष्ट सत्य यो हो कि डब्ल्यूएचओ अमेरिका र अन्य देशका लागि एक सूचना स्रोत मात्रै हो। अमेरिकाका आफ्नै विशेषज्ञ छन्, उनीहरूको छुट्टै विरासत छ। महामारी निगरानी गर्ने उसँग आफ्नै संयन्त्र छ। वुहानमा गत जनवरी २३ देखि सुरुभएको लकडाउनसहित चीनको बढ्दो  चेतावनी र नाटकीय कामकारबाही प्रत्यक्ष रूपमा नियाल्न सक्छ। 

आफ्ना र्‍याली, टिभी ‘ब्रिफिङ’ र गल्फ खेलबाहेक उनी अन्त उपस्थित नहुने राष्ट्रपति हुन्।

यो कुरा बुझ्न ट्रम्पलाई के ले चाँहि अप्ठेरो पर्‍यो त?

कुरा सामान्य छ। चेतावनीको घण्टी गत डिसेम्बर अन्तिमबाटै बजिरहेको थियो। उदारणका लागि ताइवानले सन् २०१९ को डिसेम्बर ३१ को सुरुदेखि नै तत्कालै सावधानी लिन सुरु गर्‍यो। अमेरिकी खुफिया निकायले जनवरीको सुरुतिरै सावधानीका लागि लेखिरहेका थिए। चीनको रोग नियन्त्रण केन्द्रका निर्देशकले व्यक्तिगत रुपमै अमेरिकी रोग नियन्त्रण केन्द्रका निर्देशलाई गत जनवरी २८ मा फोन गरेका थिए। ट्रम्पका ह्वाइट हाउस सल्लाहकार पिटर न्याभरोले गत जनवरी २८ मा भाइरसको खतराबारे एउटा ‘मेमो’ लेखेका थिए।

Xtrem

Xtrem

तर, ट्रम्पले यस्ता रिपोर्ट र मेमो कहिले नदेखेका बताए। यसमा म उनलाई विश्वास गर्छु। आफ्ना र्‍याली, टिभी ‘ब्रिफिङ’ र गल्फ खेलबाहेक उनी अन्त उपस्थित नहुने राष्ट्रपति हुन्। उनका लागि यदि शेयर बजार उकालो लागिरहेको छ र कर कम छ भने धेरै केही गलत हुँदैन भन्ने कुलिनहरुको सिद्धान्तको षड्यन्त्रको टेको लगाइएका छन्।

ट्रम्प जनताको ध्यान मोड्न डब्लुएचओ, चीन वा अन्य निशानाविरुद्ध बम्किरहनेछन्। फेरि पनि स्पष्ट छ- चीनले महामारीलाई काबुमा राख्न राख्यो। तर अमेरिकाले सकेन। चीनले सशक्त राष्ट्रिय लकडाउनलाई कार्यान्वयनमा ल्यायो जबकि अमेरिकाले सकेन। चीनले आफ्ना उच्च प्राविधिक र कम्पनीलाई यसमा काम गर्न परिचालित गर्‍यो। वास्तवमा ट्रम्पले लगातार फ्रेब्रुवरीभर चीनको सह्राना गरिरहे, जब अमेरिकामा अवस्था बिग्रिएपछि मात्रै चीनतिर फर्किए। 

चीन सार्वजनिक स्वास्थ्य विशेषज्ञतर्फ फर्कियो, ट्रम्प उपराष्ट्रपति माइक पेन र ज्वाइँ जार्ड कुश्नरतर्फ फर्किए।

चीन सार्वजनिक स्वास्थ्य विशेषज्ञतर्फ फर्कियो, ट्रम्प उपराष्ट्रपति माइक पेन र ज्वाइँ जार्ड कुश्नरतर्फ फर्किए। हजारौं अमेरिकी अनायासै मरिरहेका छन्। को झगडा गरिरहेको छ र को सार्वजनिक स्वाथ्य प्रणाली, विश्वविद्यालय र अन्य वैज्ञानिक संस्थाहरूका विशेषज्ञहरूसँग परामर्श गरिरहेको छ?

यस्तो राष्ट्रिय योजनाले के होला? यो स्पष्ट छ र मैले यसअघि नै रेखांकित गरिसकेँ। 

हामीले भाइरसका लक्षण देखिका व्यक्तिहरूलाई सम्पर्क गर्ने र तुरुन्तै आइसोलेट गरिरहेने छौं। हामीले उनीहरूको सम्पर्क पत्ता (कन्ट्याक्ट टेसिङ) लगाइरहने र उनीहरूको परीक्षण गरिरहने छौं। हामीले ट्रेसिङ, टेस्टिङ र आइसोलनका लागि मोबाइल एप र अनलाइन दर्ता गरिरहने छौं। हामी लक्षण पत्ता लगाउन जनतालाई बस, रेल, विमानस्थल र अन्य सार्वजनिक स्थानमा स्क्रिनिङ गर्नेछौं। हामी अथक रुपमा सार्वजनिक स्थानमा मास्क पहिरिने र हाते स्यानिटाइजर प्रयोग गर्नेछौं। हाम्रो उदेश्य सकेसम्म चाँडो स्तरीय सार्वजनिक स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ का सक्रिय बिरामी पत्ता लगाउने हुनेछ। हामी महामारी नियन्त्रण गर्न एसियाली देशले जे गरिरहेका छन्, त्यही गर्नेछौं।

अमेरिकी असफलता स्पष्ट छ, भलै ट्रम्पका समर्थकहरूले देखेको नदेख्यै गरून्। हामी अमेरिकी फिल्म (कथा) ‘विजार्ड अफ ओज’को अन्त्यतिर छौं। पर्दा पछाडि लुकेको एउटा झेली मान्छे प्रकट गराउन पर्दा धकेलिएको छ। हाम्रो विकल्पमाथि उल्लेखित चलचित्रका पात्र डोरोथीकोको जस्तो हो। एक सक्षम देश वा ट्रम्पको भयानक स्वप्न राज्यमा रहने।

(सिएनएनमा प्रकाशित स्याक्सको विचारलाई रामकुमार डिसीले भावानुवाद गरेका हुन्। यसमा कोरोनाबाट मृत्यु हुने अमेरिकीको संख्या अद्यावधिक गरिएको छ।)

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १८:३२
  • #Novel Corona Virus
  • #trump

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची)
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता बुधबार, असोज १४, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्