काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीलगायत कतिपय नेताहरुकाे आफ्नो तलब भत्ता त्याग्ने घोषणाप्रति कटाक्ष गरेका छन्। उनले तलब भत्ता त्याग्नेकाे विलासी जीवन रहनसहन कसरी चल्छ भन्दै प्रश्न गरेका छन्।
प्रधानमन्त्री र मन्त्रीसहित पार्टीका अन्य नेताहरुले समेत आफ्नो तलब भत्ता सरकारको राहत कोषमा जम्मा गर्ने घोषणा गरेपछि सामाजिक संजाल ट्विटरमा लेख्दै भट्टराईले तलब भत्ता नलिनेलाई प्रश्न गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार सम्बाेधन गर्दै काेराेना नियन्त्रण नहुँदासम्म आफूले प्राप्त गर्ने पारिश्रमिक राहत काेषमा जम्मा गर्ने बताएका थिए।
‘प्रमलगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब र भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो।’ भट्टराईले लेखेका छन्, ‘त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू (कमसेकम संसद र सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।