काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण नहुँदासम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्। नयाँ वर्ष २०७७ सालको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अप्ठ्यारो पर्दा अरुलाई सहयोग गर्ने नेपालीको बानी भएको बताउँदै कोरोना नियन्त्रण नहुँदासम्म आफूले पाउँने सबै पारिश्रमिक केन्द्रीय राहत कोषमा जम्मा गरेको सर्वाजनिक गरेका छन्।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, 'आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो। मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु।'
उनले लकडाउनकाे समयमा सबैलाई धर्य भएर घरमै बस्न  आग्रह गरेका छन्। यसअघि प्रधानमन्त्री ओलीसहित मन्त्रीको १ महिनाको तलब केन्द्रीय राहत कोषमा जम्मा भइसकेको छ। यसैगरी प्रधानमन्त्रीका सल्लाहकार र विज्ञको १५ दिनको तलब कोषमा जम्मा गरिएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।