• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वर्ष समीक्षामा राजनीति : यी हुन् नेपाल लाइभका ६ विश्लेषण

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २, २०७७  ०७:०५
1140x725

काठमाडौं- २०७६ साल हामीबाट बिदा भइसकेको छ। तर, राजनीतिक क्षेत्रमा घटेका अनेक कारणले यो स्मृतिमा रहिरहने छ। यसै वर्ष बहालवाला सभामुखले बलात्कार प्रयासको आरोप र मन्त्रीले नै कमिशन डिल गर्दै गरेको अडियो  सार्वजनिक भएपछि पद गुमाउनुपर्‍यो।

सत्ताधारी दल नेकपा सहमतिका कारणभन्दा विवादका कारण बढी चर्चामा आयो। यसका दुई अध्यक्षबीचको मिलनभन्दा मनमुटाव नै बढी समाचारको केन्द्रमा रहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस वर्ष पनि मानिसहरुमा उत्साह जगाउन सकेन। उसको कमजोर भूमिकाको वर्षैभरि आलोचना भइरह्यो। जनतामा आएको कैयौं असन्तुष्टिलाई उसले नेतृत्व गर्न सकेन।

संसद पनि यसवर्ष चर्चामा रह्यो। नयाँ सभामुखको निर्वाचन भयो। अवरोधहरु भए। गणपुरक संख्या नपुग्दा पटकपटक बैठक स्थगित भयो। न्यायालयमा परेका र उसले पार लगाएका अनेक मुद्दाका कारण उसको कतिपय फैसला विशेष प्रतीक्षामा रहे। सभामुख कृष्णबहादुर महरा तथा एनसेल लाभकर जस्ता विषयका लागि न्यायालय चर्चामा रह्यो।

कूटनीतिक क्षेत्र पनि यो वर्ष चर्चामा रहिरह्यो। विशेषगरी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण उल्लेखनीय रह्यो। त्यस्तै, नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीको केही विदेश भ्रमणले पनि चर्चा पाए।

प्रस्तुत छ, राजनीतिका विविध क्षेत्रमा नेपाल लाइभले गरेको वर्ष समीक्षाहरुः

१) २०७६ मा राजनीति : सभामुखमाथि यौन दुर्व्यवहारको आरोपदेखि मन्त्रीको कमिसन डिलसम्म
२०७६ मा पनि राजनीतिक तरंगकोक्रम जारी रह्यो। अनेक विवाद सदाबहार चर्चामा रहे। राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नेजस्ता विषयदेखि सभामुखमाथि यौन दुर्व्यवहारको आरोपसम्म लाग्यो यही वर्ष। बहालवाला मन्त्रीले गरेको कमिशन लेनदेनको अडियो सार्वजनिकहुँदा राजीनामा दिएर हिड्नु पर्‍यो।

प्रधानमन्त्री आफ्ना अभिव्यक्ति तथा व्यवहारका कारण विवादमा परिरहे। चर्चामा आइरहे। यो वर्ष उनले आफ्नो उपचारमा निकै समय बिताए। वर्षको मध्यतिर देश बाहिरै गएर नियमित जाँच गरेका उनले वर्षको अन्तिमतिर देशमै दोस्रो मिर्गौला प्रत्यारोपण गरे। जन्मदिन मनाउन आफ्नो जन्मघर पुगेर नेपालको नक्सा आकारको केक काट्नेदेखि प्रधानमन्त्री निबास बालुवाटारमा बाँसुरी बजाएका सम्मका घटनाले उनी चर्चा र विवादमा छाइरहे। (विस्तृतमा पढ्न क्लिक गर्नुहोस्।)

२) २०७६ मा कांग्रेस : कमजोर प्रस्तुतिको पुरानै लयमा 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७६ सालमा समेत आफ्नो पुरानो लयलाई बिर्सन सकेन। कमजोर प्रतिपक्षको आरोपलाई यस वर्ष पनि कायमै राख्यो। आन्तरिक किचलो, संसदमा फितलो प्रस्तुति, भ्रातृ संस्थाको बेथिति, सांगठनिक कमजोरीको निरन्तरता २०७६ मा पनि कायमै रह्यो। (विस्तृतमा पढ्न क्लिक गर्नुहोस् )

Ncell 2
Ncell 2
nimb
nimb

३) २०७६ मा संसद : अवरोधै अवरोधमा गुज्रिएको वर्ष 
सत्तारुढ दलका लागि प्रभावशाली संसद रुचिको विषय होइन। तर प्रभावकारी सरकारका लागि बलियो संसद् अनिवार्य शर्त हो। संसद बलियो बनाउने मुख्य जिम्मेवारी प्रतिपक्ष दलको हुन्छ।

गत वर्षको प्रतिनिधी सभाको पहिलो दिन प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै बोल्दै भनेका थिए, ‘संसदको यो अधिवेशनमा रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछु।’ देउवालाई त्यसअघिको संसदमा आफ्नो भूमिका प्रभावशाली नभएको आत्मस्वीकृतिले यस्तो बोल्न उत्प्रेरित गरेको हुनुपर्छ। 

तर २०७६ का दुवै अधिवेशनमा प्रतिपक्षको भूमिका देउवाको प्रतिबद्धता अनुसार देखिएन।  सरकार अहिले जुन अवस्था र स्थितिमा छ, त्यसमा धेरथोर भाग प्रतिपक्षको पोल्टामा पनि पर्छ। किनभने सत्तालाई सन्तुलन गर्ने संसद कमजोर बन्दाको परिणाम वर्तमान परिस्थिति हो। (विस्तृतमा पढ्न क्लिक गर्नुहोस्  )

४) २०७६ मा नेकपा : सांगठनिक रुपमा एकता, नेतृत्व तहमा बढ्दो मतभिन्नता
२०७६ नेकपाका लागि मेलमिलाप वर्ष हुनुपर्ने हो। किनभने पार्टीको जनतासँग सिधा सरोकार राख्ने भातृसंगठनको एकता यही वर्ष टुंगियो। सांगठनिक मिलन भएपनि मन मिल्न सकेन। यो वर्ष नेकपा शिर्ष नेतृत्वले खटपट झेल्यो। एकताको भन्दा पनि खटपटका घटनाहरुले बढी चर्चा पाए। झण्डै दुई तिहाई बहुमत प्राप्त पार्टीको सरकारबाट जुन अपेक्षा र उत्साह थियो, त्योअनुसार काम भएनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सत्ता संघर्ष र दाउपेचले सरकार र पार्टीले अपेक्षित गति लिन सकेन। तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रकरणदेखि बामदेव गौतमलाई सांसद बनाउने प्रकरणसम्म आइपुग्दा अध्यक्षद्वय ओली र प्रचण्डबीचको सम्बन्धमा आएको दरार बढ्दै गएको छ। (विस्तृतमा पढ्न क्लिक गर्नुहोस् )

५) २०७६ मा न्यायालय : एनसेल लाभकरदेखि चार पूर्व मन्त्रीलाई भ्रष्टाचार मुद्दासम्म
विगतका वर्षमा जस्तै २०७६ मा पनि न्यायालय चर्चामा रह्यो। न्यायालयभित्र भएका गतिविधि र फैसला चर्चामा रहे। कतिपय मुद्दाहरु विवादमा परे। एनसेलको लाभकरदेखि पूर्व सभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार उद्योगसम्मको मुद्दाले यो वर्ष न्यायालयलाई चासोमा राख्यो। (विस्तृतमा पढ्न क्लिक गर्नुहोस् )

६) कूटनीतिमा २०७६ : उपलब्धि कम, विवाद बढी
पछिल्लो एक दशकयताका कुनै पनि सरकारले दुई वर्ष पार गर्ने अवसर पाएनन्, जुन अवसर अहिलेको सरकाले पाएको छ। त्यसैले उपलब्धिका मामिलामा अन्य सरकारसँग अहिलेको तुलना नै गर्न मिल्दैन। स्वभाविक रुपमा यो सरकारसँग बढी अपेक्षा गरिन्छ।
(विस्तृतमा पढ्न क्लिक गर्नुहोस् )

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  ०७:०५
  • #राजनीति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ विज्ञप्तिमा उल्लेख भए अनुसार, गत असोज २६ गते सोमबार वैदेशिक रोजगारीमा जाने क्रममा श्रमको म्याद समाप्त भएकाले पुनः श्रम स्वीकृति गरेब... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्