• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२०७६ मा संसद : अवरोधै अवरोधमा गुज्रिएको वर्ष 

64x64
डिबी खड्का सोमबार, वैशाख १, २०७७  ०९:०१
1140x725

काठमाडौं - सत्तारुढ दलका लागि प्रभावशाली संसद रुचिको विषय होइन। तर प्रभावकारी सरकारका लागि बलियो संसद् अनिवार्य शर्त हो। संसद बलियो बनाउने मुख्य जिम्मेवारी प्रतिपक्ष दलको हुन्छ।

गत वर्षको प्रतिनिधी सभाको पहिलो दिन प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै बोल्दै भनेका थिए, ‘संसदको यो अधिवेशनमा रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछु।’ देउवालाई त्यसअघिको संसदमा आफ्नो भूमिका प्रभावशाली नभएको आत्मस्वीकृतिले यस्तो बोल्न उत्प्रेरित गरेको हुनुपर्छ। 

संसद प्रभावकारी हुन प्रतिपक्षको भूमिका प्रभावशाली हुनुपर्छ। नेपाली संसदीय ईतिहासमा अधिकांस समय सांसद मात्रै होइन, प्रभावशाली नेता भएर बिताएका देउवालाई सम्झाइरहनु पर्ने विषय होइन। संसदमा खेलेको भूमिकाबाट गुमाएको जनमत फिर्ता गर्न सकिने मात्रै होइन, सरकारका गलत कदमको खबरदारी गरिन्छ। लोकतन्त्रमा खबरदारीको माध्यम बहश नै हुनुपर्छ। 

तर २०७६ का दुवै अधिवेशनमा प्रतिपक्षको भूमिका देउवाको प्रतिबद्धता अनुसार देखिएन।  सरकार अहिले जुन अवस्था र स्थितिमा छ, त्यसमा धेरथोर भाग प्रतिपक्षको पोल्टामा पनि पर्छ। किनभने सत्तालाई सन्तुलन गर्ने संसद कमजोर बन्दाको परिणाम वर्तमान परिस्थिति हो।  

सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी गर्नुपर्ने संसद प्रतिपक्षको कमजोरीले प्रभावहीन देखियो। संघीय संसद्का दुवै सदनले बितेको एक वर्षमा केही विधेयक नियम बमोजिम पास गर्ने बाहेकको कुनै त्यस्तो  उल्लेख्य काम गरेका छैनन्।

कोरोना भाइरसको प्रकोपअघि पनि संसद धेरैपल्ट 'बन्दाबन्दी'मा रह्यो। बहश छेड्न भन्दा बन्द गर्ने उद्दत प्रतिपक्षको अवरोध धेरैपल्ट बेहोर्‍यो। प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा मुछिए। यसको असर दुवै सदनमा देखियो। हिउँदे अधिवेशन नियमित समय भन्दा एक महिना पर धकेलियो।  नेतृत्व पाएपछि पनि अवरोधको क्रमभंग हुन सकेन। प्रतिपक्षको अर्को बन्द खेपेर सुचारु हुने क्रममै थियो, कोरोनाकाल सुरु भयो र यो वर्षको हिउँदे अधिवेशन मिति सार्दा सार्दै सूचना टाँस गरेर अन्त्य भएको घोषणा गर्नुपर्‍यो। 

संसद् र संसद्का हरेक सदस्यको नाडीनशा छामिसकेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले त्यही दिन भनेका थिए, ‘प्रतिपक्षी दलका नेताले नै सदनसामू सार्थक प्रतिपक्षको भूमिका खेल्ने भनेपछि हामीसँगै सिंगो देश आश्वस्त भएको छ। हामी आफ्नो जिम्मेवारी पूरा गर्छौँ, प्रतिपक्ष आफ्नो भूमिका खेल्छ।’ तर सत्ता पक्षसमेत आफ्नो जिम्मेवारीमा खरो उत्रेन।

सरकारको जननी मानिने प्रतिनिधी सभामा सरकारले जवाफ दिनुपर्ने उत्तरदायित्वबाट पनि धेरैपल्ट पछि हट्यो। संसद्लाई गतिहीन बनाउन सत्ता पक्ष पनि उत्तिकै जिम्मेवार छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संसदमा अवरोध नै अवरोध
संसद यो वर्ष धेरै समय चलेन। हिउँदे अधिवेशन सुरु नै पुसमा भयो।  त्यो बीचमा पनि अवरोध खेप्यो। अन्त्य स्वभाविक रुपमा हुन पाएन। कोरोनाका कारण सार्दासार्दै अधिवेशन अन्त्य भएको घोषणा गर्नपर्‍यो। संसद परस्थितिले पटक-पटक  र दलहरुले चारपटक संसद अवरुद्ध गरे।

अवरोध १
भर्खर सरकारले बजेट ल्याएको थियो। बजेटको सही कार्यान्वयनका लागि संसदको खबरदारी आवश्यक थियो। तर त्यही बेला असार ५ गते विप्लवका जिल्ला इन्चार्ज पौडेल प्रहरी इन्काउन्टरमा मारिए। नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले इन्काउन्टर शंकास्पद रहेको भन्दै विरोध गरे। प्रतिनिधी सभाको राज्य व्यवस्था तथा सुशासन समितिले घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दियो। गृह मन्त्रालयले असार १० गते ४ सदस्यीय छानविन समिति बनायो। समितिले प्रहरीलाई फायरिङ गर्ने क्रममा ‘मिस फायर’ हुँदा मृत्यु भएको निष्कर्ष निकाल्यो।


प्रतिवेदन बनिसकेपछि असार २२ गते प्रतिनिधिसभाको बैठक बैठकमा कांग्रेसले प्रतिवेदनमा प्रश्न उठाउँदै गृहमन्त्रीसँग जवाफ माग्यो। असार २४ गते प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेलको इन्काउन्टर घटनाबारे जवाफ दिए। जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसले संसदीय छानविन समिति गठनको माग गर्‍यो। गृहमन्त्रीको जवाफ स्पष्ट र तथ्यपरक नभएको भन्दै बीचमै उठेर प्रमुख सचेतक बालकृष्ण खाँडले विरोध जनाए। उनले संसदीय छानविन समिति गठन नभएसम्म कारवाही अघि बढ्न नदिने भन्दै घोषणा गरेपछि विपक्षी सांसदहरु उठेर अवरोध सुरु गरे। अर्को बैठक असार २५ गते बस्यो। कांग्रेस र राजपाले अवरोध गरे। 

दलहरुबीच सहमति नहुँदा झण्डै डेढ हप्ता बैठक नै बसेन। साउन ८ गते सत्ता प्रतिपक्षको सहमतिमा बैठक बस्यो। कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्‍यो। छलफलमा सत्ता र प्रतिपक्षी सांसदले भाग लिए। छलफलमा उठेका प्रश्नको गृहमन्त्रीले जवाफ दिएर बैठक सकियो। साउन १३ गते अर्को बैठक बस्यो। सुरु हुने वित्तिकै संसदीय छानविन समितिको माग गर्दै कांग्रेस र राजपाले फेरि अवरोध गरे। झन्डै एक महिना संसद बन्द जस्तै भयो। उक्त विषयले एक महिना समय त लियो तर त्यसको उपलब्धी भने शून्य जस्तै देखियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अवरोध २
जागरण अभियानका क्रममा बाँकेमा कांग्रेसका जिल्ला सभापतिलगायतका कार्यकर्तामाथि आक्रमण  भयो। आक्रमण गर्ने दोषीलाई  कारबाही दायरामा ल्याउनुपर्छ भन्नका लागि पनि कांग्रेसले संसद अबरुद्धकै बाटो रोज्यो। दोषीलाई कारबाही गर्ने सहमति भएपछि अवरोध दुई दिन भन्दा बढी लम्बिन पाए।

अवरोध ३
केही महिनाअघिको कुरा भएकाले धेरैलाई अवगत नै छ बालुवाटार जग्गा प्रकरण। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त सरकारी जग्गा अपचलनलाई लिएर संलग्न १७५ जनाविरुद्ध माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गर्‍यो। कांग्रस उपसभापति विजयकुमार गच्छेदार पनि परे। जुन कांग्रेसलाई सह्य भएन। माघ २३ गतेदेखि संसद अवरुद्ध गर्‍यो। नयाँ सभामुखमा अग्निप्रसाद सापकोटा चुनिएर संसदले भर्खर गति लिन थालेको अवस्था थियो। एक हप्ता अवरुद्ध पारेपछि कांग्रेसले २८ गते सदन सुचारु हुन दिएको थियो।

अवरोध ४
एकपटक कांग्रेससँग मिलेर संसद अवरोध गरेको राजपाले अर्कोपल्ट एक्लै गर्‍यो। अवरोधको कारण थियो गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक।  मधेश र थरुहट आन्दोलनको न्यायिक छानविनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने घोषणा गर्‍यो। उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेन। तर अवरोध पनि लामो समय रहेन। 
यी सवै बन्द त्यतिबेला भए जतिबेला संसदले सरकारका कामको हिसाबकिताब खोजेर र्‍याखर्‍याख्ति पार्नुपर्थ्यो। लामो समयदेखि अड्किरहेका विधेयकहरुका विषयमा निकास दिनुपर्ने बेला थियो। 

सभामुख संकट
बजेट अधिवेशन सकिएको दुई हप्तापछि असोज १३ गते संसद सचिवालयकी एक कर्मचारीले तत्कालिन सभामुख कृष्णबहादुर महरा विरुद्ध बलात्कारको आरोप लगाइन्। भोलिपल्टै महराले  राजीनामा दिए। त्यसपछि महरा प्रहरी हिरासतमा पुगे। यतिबेला उनले सफाइ पाइसकेका छन्। प्रतिनिधी सभाले सभामुखको संकट बेहोर्‍यो। जसको असर हिउँदे अधिवेशनमा पर्‍यो।

मंसिर पहिलो साताबाट सुरु हुने भनिएको हिउँदे अधिवेशन सुरु हुन पुष ४ कुर्नुपर्‍यो। सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्दा अधिवेशन एक महिना ढिलो गरी सुरु भयो। तर सुरु भएलगत्तै पनि प्रतिनिधी सभाले निकास पाएन। नयाँ सभामुखमा अग्निप्रसाद सापकोटा माघ १२ गते मात्रै निर्वाचित भए। 

सभामुख संकटमा एउटै राम्रो काम भयो त्यो हो राजनीतिमा महिलाहरुलाई हेरिने दृष्टिकोणमाथि पेचिलो बहश। जसले नेपाली राजनीतिमा लामो समयसम्म एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।

विधेयकमा विवादको गाँठो फुकाउन असफल
संविधान निर्माणपछिको पहिलो संसद हो यो। त्यसैले यससँग महत्वपूर्ण कार्यभार संविधान र त्यहाँ परिकल्नपना गरिएको संघीय संरचना अनुकुलका कानून निर्माण गर्नु पनि छ। संख्याका हिसाबले केही कानुन निर्माण भएपनि महत्वपूर्ण कानुनमा रहेको उल्झन भने यो वर्ष पनि सुल्झाउन सकेन। 

नागरिकको पहिलो सरोकार जोडिएको नागरिकता विधेयक र राज्य सञ्चालनको महत्वपूर्ण हिस्सेदार कर्मचारी तन्त्रसँग जोडिएको  निजामति कर्मचारी सम्बन्धी विधेयक यो वर्ष पनि किनारा लाग्न सकेनन्। २०७५ साउन ४ गते प्रतिनिधि सभामा दर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ यो वर्ष पनि थाति रह्यो। यसैगरी त्यही वर्ष माघ २७ मा दर्ता भए संघीय निजामती सेवा विधेयक, २०७५ राज्यव्यवस्था तथा सुशासन समितिमै अड्किए।

अन्य धेरै विधेयक विवादित बने। तर तीमध्ये गुठी विधेयक नागरिक दबाबपछि फिर्ता भएको छ भने अन्यमा सहमति जुटेको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ विज्ञप्तिमा उल्लेख भए अनुसार, गत असोज २६ गते सोमबार वैदेशिक रोजगारीमा जाने क्रममा श्रमको म्याद समाप्त भएकाले पुनः श्रम स्वीकृति गरेब... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्