• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १८, २०८२ Thu, Dec 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सीमामा लकडाउन : वारि घर पारि खेती, मकैबारीमा लुक्छन्, आउँछन्

64x64
नारायण अधिकारी शुक्रबार, चैत २८, २०७६  १७:२४
1140x725

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्‍यो। भारतीय सिमासमेत बन्द भयो। अहिले भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ।

सीमाबाट आउजाउ नहोस् भनेर भारतका नेपालीको हेरचाहको जिम्मा भारत सरकारले लिएको छ। नेपालमा रहेका भारतीय नागरिकको हेरचाहको जिम्मा नेपाल सरकारले। सीमाबाट लुकेर हुनसक्ने आवतजावत रोक्न सशस्त्र प्रहरीको संख्या बढाइएको छ, सिमामा। 

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठका अनुसार अहिले भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्न खोज्नेलाई रोक्न सीमानाकामा साढे ५ हजार सशस्त्र प्रहरी परिचालित छन्। पहिला परिचालित जनशक्तिमा २ हजार २ सय ८० जनशक्ति थप गरियो।

पहिला १ सय २० ठाउँ सशस्त्रका बोर्डर आउट पोस्ट (बिओपी) थिए। लकडाउनपछि ८ सय ५ स्थानमा टेन्ट राखेर अस्थायी पोस्ट बनाइएको छ। सशस्त्रका  अनुसार प्रत्येक दुई किलोमिटरको फरकमा अस्थायी पोस्ट स्थापना गरिएको छ। उक्त पोस्टबाट ५-६ वटा टोली गस्तीमा समेत निस्कन्छ।  

यति गर्दापनि अवैध नेपाल प्रवेश भने रोकिएको छैन। बिहीबार मात्रै सशस्त्र प्रहरीले दक्षिण सीमा नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने ५ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ।

अझ जोखिम नै मोलेर नदीमा हाफ फालेर नेपाल प्रवेश गर्न थालेपछि सशस्त्रले त्यस्ता ठाउँमा ड्युटी खटाएको छ। प्रवक्ता श्रेष्ठका अनुसार नदिमा पौडिएर नेपाल आउनबाट रोक्न दार्चुलामा ४ र बैतडीका ५ स्थानमा सशस्त्र प्रहरीको ड्युटी छ। तैपनि, भारतीय सिमामा अड्किएका नेपाली ज्यानकै बाजी लगाएर पौडिएरै आउन खोज्ने क्रम रोकिएको छैन।

मकैबारीबाट नेपाल प्रवेश
भारतसँग ६१ दशमलव ९ किलोमटर सीमा जोडिएको जिल्ला हो, सुनसरी। यस जिल्लामा सशस्त्र प्रहरी बलका ९ वटा बिओपी थिए। लकडाउन सुरु भएपछि भारतबाट नेपाल भित्रन सक्ने अवस्थालाई मध्यनजर गर्दै थप १० वटा अस्थायी पोस्ट स्थापना गरिएको ४ नम्बर गण हेडक्वार्टर सुनसरीका एसपी कृष्ण ढकालले बताए। 

Ncell 2
Ncell 2

४ नम्बर गण र बाहिनीबाट १ सय जना जनशक्ति थप गरी १० वटा अस्थायी अस्थायी पोस्ट स्थापना गरिएको ढकालको भनाइ छ। ५१ वटा नाकाहरुबाट मान्छे आउजाउ गर्नसक्ने भन्दै त्यहाँ ड्युटी खटाइएको सशस्त्रले जनाएको छ।

सुनसरीका सबै बिओपीको गाडीमा, गणका गाडीमा समेत गरी करिब १५ वटा गाडीमा माइकिङ गरेर लकडाउन उल्लंघन गर्न नहुने भन्दै सचेत गराए पनि उल्लंघन गर्ने काम अझै नरोकिएको छैन।

सुनसरीमा अहिले मुख्य चुनौती भएको लुकेर नेपाल प्रवेश गर्ने रहेको ढकालले नेपाल लाइभलाई बताए। ‘अहिले खेतमा मकै हुर्किसकेका छन्। हाम्रो नाका खुल्ला छ। छिटफुट रुपमा मकैबारीमा लुकेर नेपाल प्रवेश गर्ने गरेको पाइएको छ। हामीले गस्ती बढाएपछि त्यो क्रम भने रोकिएको छ,’ एसपी ढकालले भने।

सुनसरीमा नागरिकहरुलाई लकडाउन किन भनेर बुझाउन नसिकएको अर्को चुनौती रहेको एसपी ढकाल स्वीकार्छन्। सुनसरीका सबै बिओपीको गाडीमा, गणका गाडीमा समेत गरी करिब १५ वटा गाडीमा माइकिङ गरेर लकडाउन उल्लंघन गर्न नहुने भन्दै सचेत गराए पनि उल्लंघन गर्ने काम अझै नरोकिएको उनले बताए।

‘हामी लकडाउन उल्लंघन गर्नु हुँदैन भनेर भनिरहेका छौं। तर उल्लंघन हुन छाडेको छैन। साँझ ५ बजेपछि हुर्रर सडकमा निस्कने चलन छ।  यसमा स्थानीय तहले पनि राम्रोसँग बुझाउनुपर्ने आवश्यक छ। त्यहाँनेर स्थानीय तहको 'ल्याप्सेस' भएको देखियो’ एसपी ढकालले भने।

एसएसबीको सहयोग छ, अवस्था कन्ट्रोलमै छ
३० नम्बर गण गण हेडक्वार्टर बाँकेका एसपी दीपक अधिकारी भने सुरुका दिनमा सीमा नाकाबाट प्रवेश गर्न खोजे पनि अहिले अवस्था त्यस्तो नरहेको दाबी गर्छन्।

‘सुरुका दिनमा केही चुनौती देखिएको थियो। अहिले काउन्टरपार्ट एसएसबीले पनि कडाइ गरेकाले खासै समस्या छैन’ एसपी अधिकारी भन्छन्, ‘नेपालबाट भारत प्रवेश गर्न खोज्नेलाई हामीले राकेका छौं। भारतबाट उता छिर्न खोज्नेलाई एसएसबीले रोकेको छ।

६५ किलोमिटर भारतीय सीमासँग जोडिएको बाँकेमा पनि लकडाउनपछि विभिन्न नाकामा ६ वटा अस्थायी बिओपी थप गरेको छ। फरवार्ड बेसका रुपमा दुई वटा युनिट खडा गरिएको छ।

‘अहिले जनशक्ति थप गरेर 'आइ डिस्टान्स' ड्युटीमा राखेका छौं,’ एसपी अधिकारीले प्रष्ट्याए, ‘एकले अर्कोलाई देखिने गरी ड्युटी राखिएको हो।’ यसका लागि बाँकेमा १ सय ८१ जना सशस्त्र प्रहरीको जनशक्ति समेत थप गरिएको छ। नेपाल प्रवेश गर्न खोज्ने १ सय ८१ जना नेपालीलाई सीमा नाकामै क्वारेन्टाइनमा राखिएको छ।

नयाँ मान्छे देख्नासाथ खबर आउँछ
१२ नम्बर गण हेडक्वाटर बाराका एसपी दिग्विजय सुवेदीले भारतबाट प्रवेश गर्न खोज्नेको निगरानी गर्न सीमा नाका स्थानीय तहमा वडास्तरीय निगरानी समिति नै गठन गरिएको बताए। 

‘सीमा नाकाका वडाहरुमा वडाध्यको अध्यक्षतामा समिति गठन गरेका छौं। त्यसमा सुरक्षाकर्मी र राजनीतिक दलका स्थानीय प्रतिनिधि समावेश हुन्छ। कोही नयाँ मान्छे आफ्नो वडा गाउँमा प्रवेश गरेको थाहा पाउने बित्तिकै त्यो समितिले खबर गर्छ। र, त्यसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं,’ एसपी सुवेदीले भने।

'वारि बसोबास भएको मान्छेको खेती पारि छ। पारिका मान्छेको खेती वारि छ,’ एसपी तिउसिनाले भने, ‘यस्तो हुँदा आउजाउमा समस्या देखिएको छ। बाली थन्काउन जान नदिने भन्ने कुरा पनि भएन।’

कोही नयाँ मान्छे भारतबाट गाउँ प्रवेश गरिहालेको अवस्थामा त्यस्तो मान्छेलाई सुरक्षा निकायले चिन्न नसक्ने भएकाले यो समिति गठन गरिएको उनको भनाइ छ।

बारामा पहिला ७ वटा बिओपी थिए। उक्त बिओपी मातहत अहिले ११ वटा फरवार्ड बेसक्याम्प स्थापना गरिएको छ। भारतसँग ६० किलोमिटर सीमा जोडिएको बारामा पहिला ३० किलोमिटर मात्रै ड्युटी हुन्थ्यो।

तर अहिले भने ८० वटा एपिएफ पोइन्ट स्थापना गरेर हरेक दिन ५ देखि ७ सय मिटरको दुरीको फरकमा ड्युटी खटाइएको छ। जसमा एक सशस्त्र प्रहरीले अर्को सशस्त्र प्रहरीलाई सहजै देख्न सक्ने अवस्था मिलाइएको छ। यसका लागि बारामा २ सय जना जनशक्ति थप गरिएको छ। 

 

 

त्यसैगरी, नेपालबाट भारत प्रवेश गर्न खोज्ने १४ जाना भारतीयलाई पक्राउ गरेर कलैयास्थित कवारेन्टाइनमा राखिएको सुवेदीले जानकारी दिए। नेपाल प्रवेश गर्न खोज्ने ५ जना नेपालीलाई समेत एसएसबीले भारतमै क्वारेन्टाइनमा राखेको उनको भनाइ छ।

बास नेपालमा, खेतिपाती भारतमा हुँदा समस्या
दक्षिणी सीमा नाकाको धरै ठाउँको समस्या बसोबास एक देशमा हुनु र अर्को देशमा हुँदा समस्या भएको पाइएको छ। यस्तै समस्या कैलालीमा रहेको ३४ नम्बर गण हेडक्वाटर कैलालीका एसपी कमलप्रसाद तिउसिनाले बताए।

‘अहिलेको समस्या भनेको गुहँबाली भित्र्याउने बेला छ। वारि बसोबास भएको मान्छेको खेती पारि छ। पारिका मान्छेको खेती वारि छ,’ एसपी तिउसिनाले भने, ‘यस्तो हुँदा आउजाउमा समस्या देखिएको छ। बाली थन्काउन जान नदिने भन्ने कुरा पनि भएन।’

यस्तो अवस्थामा उनीहरुको लगत राखेर आउजाउ गर्न दिइएको उनको भनाइ छ। यस्तै समस्या बारामा पनि रहेको सुवेदीको भनाइ छ। यसका लागि बारामा सशस्त्र प्रहरीले स्थानीय स्तरमा रेकर्ड राखेर मान्छे आएपछि खेतीपाती गरेर फर्केको नर्फर्केको कन्फर्म गर्ने गरेको सुवेदीले बताए। 

भारतसँग १०१ किलोकिलोमिटरसीमा जोडिएको कैलालीमा मुख्य तीन वटा नाका छन्। एउटा त्रिनगर गौरीफन्टा नाका, दोस्रो खक्रौला नाका र तेस्रो छोटी नाका भजनी। भजनी नाका पूर्ण रुपमा बन्द गरिएको छ। खक्रौलाबाट पनि फाट्टफुट्ट अत्यावश्यक सामानका गाडी आवतजावत गर्ने गरेका छन्। त्रिनगर गौरीफन्टाबाट भने अत्याआवश्यक सामान बोकेका गाडी दैनिक २५ देखि ३५ वटासम्म आउजाउ गर्ने गरेको तिउसिनाको भनाइ छ। 

कैलालीमा पहिला पहिला चार वटा बिओपी थिए। अहिले भने ७ ठाउँमा ठूलो चेक पोइन्ट राखिएको छ। त्यहाँबाट ५० स्थानमा ड्युटीमा सशस्त्र प्रहरी खटिँदै आएको छ। 

नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई एसएसबीसँग समन्वय गरेर भारतमै क्वारेन्टाइनमा राखिएको छ। अहिले ५५ जना भारतमा क्वारेन्टाइनमा छन्। नेपालबाट भारत प्रवेश गर्न खोज्ने ४२ जना भारतीय नागरिकलाई पनि मित्रनगरस्थित स्कुलमा क्वारेन्टाइनमा राखिएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय बिहीबार, मंसिर १८, २०८२
सुनचाँदीको मूल्य घट्यो बिहीबार, मंसिर १८, २०८२
क्यारिबियनमा लागुऔषध तस्करविरुद्ध जमिनबाट कारबाही सुरु गर्ने अमेरिकी घोषणा बिहीबार, मंसिर १८, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा बुधबार, मंसिर १७, २०८२
धोबीखोलामा युवकको शव फेला बिहीबार, मंसिर १८, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्