काठमाडौं– भक्तपुर जिल्ला फुटबल संघको अध्यक्षमा गौतम सुजखु निर्विरोध निर्वाचित भएका छन्। मंगलबार भएको पाँचौ जिल्ला अधिवेशनले सुजाखुको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
केन्द्रीय प्रतिनिधि सञ्जिव मिश्रको उपस्थितिमा भएको साधारणसभाबाट रामकृष्ण प्रजापति र रविन्द्र थापा उपाध्यक्षमा चयन भएका छन्। यस्तै योगेन्द्र खर्वुजा, संचज्ञान याचामी, हरिराम मेस्याखो, गोविन्द कार्की, तर्थ राजथल र इन्द्रराज लवट सदस्यमा निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित भएपछि सुजखुले केहि दिनमै कार्यसमितिको बैठक बसेर एन्फा केन्द्रीय निर्वाचनका लागि प्रतिनिधि पठाउन निर्णण गर्ने बताए।
सुजाखु एन्फा अध्क्षक्षका प्रत्यासी मणी कुँवर पक्षका मानिन्छन्।
यसअघि गत चैत २३ गते मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टिकाराम लामा निर्वाचित भएका थिए।
योसँगै एन्फा केन्द्रीय समितिको निर्वाचनको अन्योलता हटेको छ।
मकवानपुर र भक्तपुर जिल्ला फुटबल संघले आफूहरुलाई मताधिकारबाट बञ्चित भएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटको सुनुवाइपछि उच्च अदालत पाटनले एन्फा निर्वाचन तत्कालका लागि रोक्न आदेश दिएपछि चैत १४ का लागि तय भएको निर्वाचन स्थगित भएको थियो।
अहिले दुवै जिल्लामा निर्वाचन हुँदै मताधिकार सुनिश्चितता भएकाले उच्च अदालतमा परेको मुद्दाको सान्दर्भिकता सकिएको छ। दुवै जिल्लाले मताधिकार पाएकाले अदालतमा परेको मुद्दा फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पाले आग्रह गर्दै आएका छन्।
यसअघि एन्फाको निर्वाचन समितिले वैशाखको पहिलो साता केन्द्रीय समितिको निर्वाचन तोक्ने बताइएको थियो।
एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।